नेलम्बो नेपालद्वारा आश्रमलाई सहयोग

 

पोखरा ।

नेलम्बो नेपालले विभिन्न आश्रमलाई खाद्य सामग्री वितरण गरेको छ । शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा–१७ स्थित पोखरा वृद्धाश्रम, पोखरा–१७ छोरेपाटनस्थित मानव सेवा आश्रम, पोखरा–१४ स्थित वात्स्यायन वृद्धाश्रमलगायतका वृद्धाश्रमहरुमा खाद्य सामग्री वितरण गरेको हो । कोभिड–१९ को महामारीको रोकथाम तथा व्यवस्थापनका लागि नेपाल सरकारले देशभर आह्वान गरेको बन्दाबन्दीले आश्रमहरुमा असर परेकाले उनीहरुलाई खाद्य सामग्रीसहित कोरोना संक्रमणबाट बच्न आवश्यक पर्ने साबुन, दन्त मञ्जन, ब्रश लगायतका सामाग्रीहरु प्रदान गरिएको नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले जानकारी दिए ।

नेलम्बो नेपालले पोखरा–१५ भित्र बसोबास गर्ने मज्दुर तथा उनीहरुको परिवारलाई पनि राहत सामाग्री वितरण गरेको छ । वडाध्यक्ष प्रकाश पौडेलसँगको समन्वयमा ५० परिवारलाई खाद्य सामाग्रीहरु वितरण गरिएको कार्यक्रम संयोजक डा. किसन कोइरालाले जानकारी दिए । सहयोग हस्तान्तरण कार्यक्रममा जनसम्पर्क सुपरिवेक्षक भीमप्रसाद भण्डारी, स्वास्थ्य प्रवद्र्धन अधिकृत निर्मला देवकोटा र प्राविधिक सुपरिवेक्षक रवि गुरुङलगायतको उपस्थिति रहेको थियो ।सहितको टोलीले उक्त सामाग्रीहरु प्रदान गरेको हो ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै जनप्रतिनिधिहरु तथा आश्रमका प्रतिनिधिहरुले भयावह परिस्थितिमा नेलम्बो नेपालले गरेको सहयोगप्रति धन्यवाद दिदै सहकार्य निरन्तर जारी राख्नुपर्नेमा जाड दिए ।

संस्थाकातर्फबाट अध्यक्ष एकदेव देवकोटाले महामारीबाट बच्न सतर्कता अप्नाउनु पर्ने भन्दै आफु पनि बाँच्ने र अरुलाई पनि बचाउन लाग्नुपर्ने बताए । साथै उनले नेलम्बोले आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।

You might also like

Comments are closed.