नेलम्वो नेपालद्वारा पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान

पोखरा ।स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्वो नेपालले नेपाल पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

कोरोना भाईरसका विरुद्ध अग्रपक्तिंमा खटिएर काम गर्ने पत्रकारलाई सुरक्षित तवरले काम गर्न सहयोग पु¥याउने उद्देश्यले नेलम्वोले शनिवार एक कार्यक्रमका वीच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नेलम्वो नेपालका अध्यक्ष एकदेव देवकोटाले महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठलाई स्वास्थ्य सामाग्री प्रदान गर्दै सामाजिक दुरी कायम गरी माक्स र सेनिटाईजरको प्रयोगले कोरोना भाईरससँग जुध्न सहज हुने विश्वास व्यक्त गरे ।

महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले नेलम्वो नेपालले गरेको सहयोग प्रति विशेष धन्यवाद व्यक्तगर्दै स्वास्थ्य सामग्रीको सही सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । महासंघका सचिव रामप्रसाद तिमिल्सेनाले नेलम्वो नेपालले गरेको सहयोगले पत्रकारहरुलाई सुरक्षीत पत्रकारिता गर्न सहयोग पुग्ने वताए । नेपाल पत्रकार महासंघ कास्कीमा हाल ३ सय १ सदस्य रहेका छन् ।

lcci
You might also like

Comments are closed.