नेल्टाले मनायो ५ औं स्थापना दिवस

पोखरा ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ(नेल्टा)ले आफ्नो ५ औं स्थापना दिवस मनाएको छ ।

कोरोना भाईसरको महामारी र लकडाउनका कारण योजना अनुशार कार्यक्रम गर्न नसकिएको नेल्टाका महासचिव सुरेश कुमार श्रेष्ठले जानकारी दिए । आगामी दिनमा आवस्यकता अनुशार विभिन्न कार्यक्रम गरिने श्रेष्ठले बताए । नेपालमा रहेका विभिन्न शाखाले स्थापना दिवसमा  विभिन्न कार्यक्रम गरेका छन् ।

स्थपना दिवसको अवसरमा नेल्टा कास्की शाखाको आयोजनामा निशुल्क प्राविधिक सेवा तथा औषधी वितरण कार्यक्रम सम्पन्न भएको छ । धादिङ शाखाले पनि उपचार तथा औषधी वितरण कार्यक्रम गरेको छ । दाङ शाखाले  लमही नगरपालिका बनगाउ स्थित स्वर्गध्दारी आश्रमको गौशालामा रहेका गाईहरुलाइ भिटामिन, मिनिरल र आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण सम्बन्धि औषधि बितरण गरि पाँचौ स्थापना दिबस मनाएको छ ।

You might also like

Comments are closed.