नेवा ल्याम्ह पुच फुटसलको तयारी अन्तिम चरणमा

पोखरा, २४ असोज । नेवा ल्याम्ह पुच बाटुलेचौर र लामाचौरको आयोजनामा यही असोज २७ गतेदेखि पाँचांै कास्की नेवा ल्याम्ह पुच फुटसल प्रतियोगिता हुने भएको छ । नेवा खल कास्कीको रजत वर्षको अवसर पारेर पोखराको गणेशटोलमा रहेको बि फिट फुटसलमा ५ दिनसम्म चल्ने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक लक्ष्मी श्रेष्ठले जानकारी दिइन् ।

बाटुलेचौरमा आयोजित पत्रकार सम्मेलनमा संयोजक श्रेष्ठले प्रतियोगितामा कास्कीका सबै ल्याम्ह पुचले सहभागिता जनाउने बताइन् । प्रतियोगितामा बिजेतालाई नगद ४० हजार, टफी, मेडल, प्रमाणपत्र, उपबिजेतालाई नगद २० हजार, ट्रफी, मेडल, प्रमाणपत्र र सेमिफाइनालिष्टलाई नगद ७ हजार ५ सय, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगितामा २४ टिमले सहभागिता जनाउने र लिगकम नकआउटका आधारमा खेल खेलाइने टीम दर्ता संयोजक सुशील श्रेष्ठले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ४ लाख १० हजार खर्च लाग्ने र हालसम्म विभिन्न दाताले सहयोग गरेको अर्थ संयोजक दुर्गालाल श्रेष्ठले बताए ।

प्रतियोगिताको असोज २७ गते भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव चन्द्र श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ । पत्रकार सम्मेलनमा ट्रफी प्रर्दशन समेत गरिएको थियो । कास्कीमा ३४ वटा नेवा ल्याम्ह पुच सक्रिय छन् ।

You might also like

Comments are closed.