नेवा सुन्दरीले गरे प्रतिभा प्रदर्शन

पोखरा, २४ फागुन । सिजी मिस नेवा पोखरा ११३८ को ट्यालेन्ट सो बिहीबार भएको छ । कार्यक्रममा २० प्रतियोगीले भाग लिए ।

सहभागीले नृत्य, आर्ट, मेकअप, डान्स, भाषण, मेहेन्दी, वाद्यवादन जस्ता कला प्रस्तुत गरे । आयोजक नेवाः खलका कास्की अध्यक्ष अशोक पालिखेले भाषा, कला, साहित्यलाई नयाँ पुस्तामा पु¥याउन कार्यक्रमबाट सहयोग हुने बताए । उनले भने, ‘नेवारी भाषा केही नजान्नेहरु पनि फाइनलका दिन नेवारीमा भाषण गर्न सक्ने हुनेछन् ।’ उनले यसलाई सांस्कृतिक सुन्दरी प्रतियोगिताको रुपमा अथ्र्याए ।

कार्यक्रम संयोजक गजेन्द्रमान श्रेष्ठले प्रतियोगिताबाट नेवारी युवतीको समग्र व्यक्तित्व विकासमा टेवा पुग्ने विचार राखे । उनले भने, ‘नेवारी पहिचान, संस्कृति जोगाउन र भावी पुस्तालाई हाम्रो ज्ञान, संस्कार, संस्कृति हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो । यसकै लागि हामीले सिजी मिस नेवा पोखरा ११३८ आयोजना गरेका हौं ।’कार्यक्रममा स्वागत ट्यालेन्ट सहसंयोजक रस्ना बुद्धाचार्य र सञ्चालन सारा बजिमय र सेलिका श्रेष्ठले गरेका थिए ।

प्रतियोगिताको प्रिजजिङ र फोटोसुट फागुन २६ गते हुने सिजी मिस नेवा पोखरा ११३८ का प्रचारप्रसार संयोजक अनिषा श्रेष्ठले जानकारी दिइन् ।
प्रतियोगिताको फाइनल चैत ३ गते पोखरा सभागृहमा हुनेछ । मिस नेवाले ४० हजार, ३२ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर पाउनेछन् । यस्तै, उपविजेताले २५ हजार, २१ इन्चको सिजी टिभी र गिफ्ट ह्याम्पर र तेस्रोले १५ हजार, डिभिडी प्लेयअर, गिफ्ट ह्याम्पर र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगिताका अन्य टाइटल विजेतालाई पनि पुरस्कृत गरिनेछ । जसमा, उत्कृष्ट नेवारी भाषा ७ हजार, भ्युअर्स च्वाइस ५ हजार, मस्ट टयालेन्ट अवार्ड ५ हजार, बेस्ट पर्सनालिटी ५ हजार, बेस्ट फ्रेन्डली ५ हजार, बेस्ट स्माइल ५ हजार र फोटोजेनिकले ५ हजार र प्रमाणपत्र पाउने छन् ।

प्रतियोगीमा कृपा श्रेष्ठ, नोमी चुल्याजू, प्रिन्सा ख्वाउजू, निश्मा साई, रञ्जु माकाजू, प्रियंका श्रेष्ठ, जेनिफर श्रेष्ठ, सुस्मिता मानन्धर, मोनिका श्रेष्ठ, अञ्जु जोशी, मानिषा श्रेष्ठ, एलिसा श्रेष्ठ, रोजिना ताम्राकार, सदीक्षा राजभण्डारी, सन्ध्या श्रेष्ठ, स्मृति श्रेष्ठ, रिया श्रेष्ठ, सुचिता ताम्राकार, सरिष्मा जोशी र प्रिती बुद्धाचार्य सहभागी छन् ।

You might also like

Comments are closed.