नेवा सुन्दरी काठमाडौं प्रस्थान

पोखरा, १८ फागुन ।

नयाँ पुस्तालाई नेवारी भाषा, संस्कृतिबारे सजग बनाउन आयोजना गरिएको सिजी मिस नेवाः ११३८ का प्रतिश्पर्धी राजधानी प्रस्थान गरेका छन् ।
प्रतियोगितामा सहभागी २० युवती बिहीबार भ्रमणका लागि राजधानी हिडेका हुन् । टोलीमा आयोजक नेवाः खल कास्कीका ५ सदस्यसमेत सहभागी छन् ।

उनीहरुलाई ललितपुरको नेवारी संग्रहालयसहित काठमाडौंका नेवार वस्ती, संस्कृति, भाषा, संस्कार आदिबारे जानकारी दिइने प्रतियोगिताका मूल संयोजक गजेन्द्रमान श्रेष्ठले बताए । टोली शनिबार पोखरा फर्कनेछ ।

प्रतियोगीलाई समसामयिक विषयवस्तु, राजनीति, इतिहास, भूगोल, बैंकिङ, महिला तथा बालबालिका आदि क्षेत्रबारे समेत जानकारी दिइएको प्रचारप्रसार संयोजक अनिशा श्रेष्ठले जानकारी दिइन् । प्रतियोगीलाई तालिम, सेमिनार, प्रशिक्षण, भ्रमण आदि क्रियाकलापमा संलग्न गराएर विभिन्न चरण हुँदै चैत ३ गते फाइनल हुनेछ ।

You might also like

Comments are closed.