नेशनल बैंकिङ इन्स्टिच्युट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

आर्थिक आवाज
पोखरा, २६ चैत । नेशनल बैंकिङ इन्स्टिच्युट (एनबिआई) र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्नको लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा एनबिआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।

सम्झोैता पत्र अनुसार एनबिआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाइल एपको संरचना र सुविधाहरुबारे मुक्तिनाथ विकास बैंकका कर्मचारीहरुलाई विस्तृत जानकारी गराइने छ । बैंकले आफ्ना सञ्जालमा रहेका सबै शाखाका कर्मचारीहरुलाई एनबिआई मोबाइल एपबारे ज्ञान दिलाई आआफ्नो ग्राहक माझ वित्तीय साक्षरता कार्यक्रमलाई सहजताका साथ बिस्तार गर्नको लागिको प्रेरित गर्नेछ ।

साथै बैंकले एनबिआई एप मार्फत समाजका विभिन्न वर्गहरु जस्तै महिला समूह, किसान, रेमिट्यान्समा आश्रित परिवारहरु, शिक्षक शिक्षिकाहरु तथा विद्यार्थीहरुलाई वित्तीय साक्षरताबारे जानकारी गराउनेछ । यदि आवश्यक भएमा एनबिआईले बैंकहरुलाई विशेष छुटमा वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रमको व्यवस्थापन गरि दिने बैंकले जनाएको छ ।

You might also like

Comments are closed.