नोभेलको आयोजनामा सिएसआर फोरम, सामाजिक उत्तरदायित्वबाट समाजमा सकारात्मक प्रभाव

पोखरा, ७ असोज ।

नोभेल एकेडेमी पोखराको आयोजनामा संघसंस्थाको सामाजिक उत्तरदायित्व सम्बन्धी सिएसआर फोरम सम्पन्न भएको छ । नोभेल एकेडेमीका कार्यकारी प्रमुख विशेश्वर आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रमको किनोट स्पिकर लोयला युनिभर्सिटी स्कुल अफ विजनेश सिकागो अमेरिकाका प्राध्यापक ईभा भुइडेला थिइन् ।

उक्त अवसरमा किनोट स्पिकर ईभाले अमेरिकामा रहेर आफूले सिआरएस क्षेत्रमा आर्जन गरेको अनुभव सुनाएकी थिइन् । नेपालको पछौटेपन तथा गरीबी न्युनीकरणको लागि कर्पोरेट हाउसहरुले समाजमा देखिने गरी दीगो विकास हुने खालका परियोजनामा सिआरएसको फण्ड खर्च गर्नुपर्ने बताइन् ।

‘सिआरएस भनेको च्यारिटी वा दान दिनुमात्र होइन,’ उनले भनिन्, ‘दीगो विकासका लागि समाजमा प्रभाव पार्न सक्ने खालका सामाजिक उद्यमशीलताको स्थापना, प्रवद्र्धन तथा विकास गर्नु हो ।’ सामाजिक उत्तरदायित्वबाट समाजमा सकारात्मक प्रभाव पर्नुपर्ने उनको भनाइ छ ।

डा एन क्रोहनेनले सिआरएसको क्षेत्रमा युरोपमा कर्पोरेटले खेलेको भुमिकाप्रति आफ्नो अनुभव प्रस्तुत गरेका थिए । आल्टो युनिभर्सिटी फिनल्याण्डका डा. एन क्रोनहेन, थ्री एन्जल्स नेपालका कार्यकारी प्रमुख डा. राजेन्द्र शर्माले कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ओम डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख विश्वमोहन अधिकारी, कैलाश विकास बैंकका अध्यक्ष नारायण पौडेल, मल्टिमोडल क्याम्पसका प्राचार्य कृष्ण के.सी., हिसान कास्कीका अध्यक्ष रामजी शर्मा, रेडक्रस कास्कीका अध्यक्ष तथा सृजना माविका प्रधानाध्यापक डोलराज पाण्डे, ला–ग्राण्डी इन्टरनेशनल कलेजका प्रिन्सिपल इन्जिनियर किरण के.सी., युवा उद्यमी मञ्च पोखराका पूर्व अध्यक्ष प्रकाशदेव पालिखे, एनआइसी एशिया बैंकका गण्डकी प्रदेश रिजनल म्यानेजर दीपेन्द्र शर्मा, सांग्रिला डेभलपमेन्ट बैंकका रिजनल म्यानेजर दीपेन्द्र सुवेदी, नोभेल एकेडेमीका बोर्ड मेम्बर दुर्गाप्रसाद हुँमागाईं लगायतले कार्यपत्रमाथि टिप्पणी गरेका थिए ।

नोभेल एकेडेमीका प्रिन्सिपल डा. कृष्णराज भण्डारीले स्वागत तथा कार्यक्रमबारे प्रकाश पारेका थिए । संस्थाका अपरेशन म्यानेजर दिनेश भण्डारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.