विश्वेश्वर आचार्य
कार्यकारी प्रमुख, नोभेल एकेडेमी, पोखरा
पोखरा । गुणस्तरीय तथा प्राविधिक शिक्षा अध्ययनका लागि राजधानी काठमाडौं तथा विदेशसम्म पुग्नुपर्ने बाध्यता हटाउने उद्देश्यले पोखरामा नोभेल एकेडेमी स्थापना भएको थियो । पर्यटकीय नगरी पोखराको न्युरोडमा अवस्थित नोभेल एकेडेमी जुन उद्देश्य अनुसार स्थापना भएको थियो सोही अनुसार लक्ष्य पुग्न सफल बनिरहेको छ । गुणस्तरीय शिक्षाको लागि सर्वोकृष्ट गन्तव्यस्थल बनेको छ । गण्डकी प्रदेशको उत्कृष्ट कलेज मात्र होइन नेपालकै अग्रणी कलेजको पहिचान बनाउन सफल छ नोभेल । सन् २००२ देखि अन्तर्राष्ट्रिय शिक्षा अन्तर्गत क्याम्ब्रिज विश्वविद्यालयको ओ र ए लेभलबाट पढाई शुरुवात गरेर एकेडेमीले शैक्षिक यात्रा प्रारम्भ गरेको थियो । । तत्पश्चात विभिन्न आरोह अबरोह पार गर्दै शैक्षिक सफलताका सिढीहरु चढ्दै गरेको नोभेलमा हाल ए–लेभल, बिएस्सी नर्सिङ, बिफार्मेसी, बिबिए र एमबिएको पढाई सञ्चालन भइरहेको छ ।
कलेजको उद्देश्य
अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आधुनिक र समयानुकुल शिक्षा दिएर विद्यार्थीहरुलाई सफल व्यक्ति बनाउने नोभेलको यात्रा पब्लिक प्राइभेट मोडालिटिमा विश्वविद्यालतर्फ उन्मुख छ । स्वदेशी मात्रै नभई विदेशी विद्यार्थीको समेत अध्ययनकेन्द्र बनाउने योजना नोभेल एकेडेमीले लिएको छ । एकेडेमीले हालसम्म करिब ३ हजार ५ विद्यार्थी उत्पादन गर्न सफल छ । अबको केही समयभित्र एक सय बेड क्षमताको सुविधा सम्पन्न अस्पताल सञ्चालनको तयारीमा समेत लागेको छ, एकेडेमी । प्रत्येक संकायमा गरिब, जेहेन्दार लगायत विभिन्न छात्रवृत्तिको व्यवस्था गरी एकेडेमीले संस्थागत उत्तरदायित्व बहन पनि गरिरहेको छ ।
पर्याप्त पूर्वाधार
प्राविधिक शिक्षाका लागि आवश्यक सम्पूर्ण पूर्वाधार कलेजमा छन् । सुविधासम्पन्न अत्याधुनिक भवनमा अध्ययन अध्यापन गराइन्छ । एकेडेमी भित्र साइन्स तथा कम्प्युटर ल्याब, लाइब्रेरी, इलाइब्रेरी र खेल मैदान समेतका पुर्वाधार छन् ।
शैक्षिक कार्यक्रम
कलेजले पूर्वाञ्चल विश्वद्यिालयको सम्बन्धनमा प्रत्येक वर्ष स्नातकतर्फ बिएस्सी नर्सिङमा २०, बिफार्मेसीका ३०, बिबिएमा ४० सँगै स्नातकोत्तरतर्फ एमबिएमा ३० सीटमा भर्ना लिन्छ । पोखरा मात्र नभएर छिमेकी जिल्लाका विद्यार्थीहरु समेतको कलेजप्रति आकर्षण बढेको छ । यी कोर्षहरुमा चार वर्षे बिएस्सी नर्सिङको पढाई पश्चात् स्वदेशमै अवसर मिल्नुका साथै युरोप, अमेरिका तथा बेलायत जान चाहनेका लागि पनि निकै फलदायी छ । सन् २०२० सम्ममा अमेरिकामा १२ लाख नर्सको माग रहेको परिप्रेक्षयमा यहाँ पढेकाहरुलाई सहज हुनेछ । नेपालकै प्रतिष्ठित मेडिकल कलेज तथा अस्पतालहरुमा आधारभूत तथा विषयगत प्रयोगात्मक अभ्यास गर्ने भएकाले पनि विद्यार्थीहरुले सैद्धान्तिक ज्ञानलाई व्यबहारमा उतारी दक्ष बन्ने अवसर पाएका छन् । चिकित्सा क्षेत्रको अर्को महत्वपूर्ण पढाई बिफार्मेसीमा पनि यसको स्कोपको हिसाबले वर्षेनी विद्यार्थीहरुको आकर्षण बढ्दो छ ।
कलेजमा बिबिए तथा एमबिए पढेका विद्यार्थीले स्वदेश तथा विदेशका उद्योग व्यापार लगायत बैंकिङ क्षेत्रमा पनि रोजगारी पाइरहेकाले यो शिक्षामा कलेज निकै सफल छ भन्न सकिन्छ । विद्यार्थीहरु व्यवहारिक अभ्यासका लागि प्रख्यात उद्योग, बैंक तथा व्यापारिक प्रतिष्ठानमा जान्छन् र त्यसैमा कुशलतापूर्वक काम गरी रोजगारसमेत पाइरहेका छन् । सफलताको पछाडिको कारण भनेको २१औं शताब्दीको मागअनुरुप शिक्षण विधिलाई समयानुकुल परिवर्तन गरिनु पनि हो । कलेजको धेरै व्यापारिक प्रतिष्ठान तथा बैकहरुसँग प्रत्यक्ष सम्बन्ध रहेका कारण पनि योग्य विद्यार्थीले रोजगारी पाएका हुन् ।
नोभेल एकेडेमी र युनुसबीच सम्झौता
पोखराको नोभेल एकेडेमीले नेपालमा उद्यमशीलताको विकास गर्नका लागि युनुस सोसियल बिजनेस सेन्टर बंगलादेशसंग सहकार्य गर्न सम्झौता गरेको छ । उद्यमशीलताको विकासमा उल्लेखनीय योगदान गरी समग्र बंगलादेशलाई नै आर्थिक क्रान्ति गराएबापत सन २००६ मानोबेल पुरस्कार प्राप्त गर्न सफल माइक्रो फाइन्नासका जन्मदाता प्रो.मोहम्मद युनुसको संरक्षकत्वमा स्थापित युनुस सोसियल बिजनेस सेन्टर र नोभेल एकेडेमी पोखराकाबीच सम्झौता भएको हो । सम्झौतापछि नोभेल एकेडेमीले युनुस सेन्टरको सहकार्यमा पोखरामा नोभेल युनुस सोसियल विजनेश सेन्टरको स्थापना गरेको छ । यसको मुख्य उद्देश्य उद्यमशीलताको विकास गर्नका लागि कार्यशाला गोष्ठी गर्ने, सृजनात्मक विजनेश मोडेल तयार पार्ने हुनेछ । एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई उद्यमशीलताको विकासका लागि आवश्यक पर्ने रिसर्च ल्याबसमेत तयार भइसकेको छ । विद्यमान नेपालको गरीबी उन्मुलन गर्न रोजगारी सृजना गर्ने खालका उद्यमको विकास गरी नेपालको जिडिपीलाई उच्च बनाउने र विद्यार्थीलाई रोजगार गर्ने मात्र होइन रोजगारी दिन सक्ने उद्यमशीलताको विकास गर्ने प्रमुख उद्देश्य छ । विद्यार्थीले तयार पारेका नविनतम विजनेस मोडललाई लगानी गर्ने उद्यमीहरुको खोजी गरी आवश्यक लगानीको अवसर श्रृजना गराउने लक्ष्य रहेको छ ।
रणनीतिक साझेदारी
शिक्षाको गुणस्तर बढाउन तथा विश्वभर प्रतिस्पर्धी शिक्षा प्रदान गर्न कलेजले रणनीतिक साझेदारीको अवधारणा अगाडि बढाइरहेको छ । हालसम्म आफ्नो शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अमेरिका, बेलायत, फिनल्याण्ड, जर्मनी, अष्ट्रेलिया, सिगांपुर, मलेशिया, थाइल्याण्डका विश्व प्रसिद्ध विश्व विद्यालय एवं मल्टिनेशनल कम्पनीसँग रणनीतिक साझेदारी गर्दै आएको छ ।
प्रस्तुति : आर्थिक आवाज
Comments are closed.