पोखरा
बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोविड १९ ले आतंकित बनाइरहेको यस असहज परिस्थितिमा पक्कै पनि सहज अवस्थाको तुलनामा केहि पनि गर्न पाईएको र सकिएको छैन ।
विषम परिस्थितिको अवस्था एकातिर ,भबिष्यका कर्णधार बिद्यार्थीको आफ्नो उदेश्य तथा लक्ष्य अर्को तिर, तर जसरी भए पनि बिद्यार्थी पछि का देशका निर्माता हुन् भन्ने कुरा लाइ आत्मासाथ गर्दै यस लक डाउन को समयमा पनि किताबी ज्ञानबाट टाढा नहुन भन्ने उदेश्य का साथ नोभेल एकेडमी न्युरोड पोखराले आफ्ना बिद्यार्थीहरुको लागि अनलाइन पद्दति बाट पठन पाठन कार्यको सुरुवात गरेको छ । बिगत १ महिना देखि नेपाल सरकारद्वारा गरिएको बन्दाबन्दी लाइ पूर्ण रुपमा पालना गरि घरमै बसिरहेका आफ्ना बिद्यार्थीहरुको लागि यस अनलाइन पद्दतिद्वारा शिक्षण गराउनु बिद्यार्थीहरुको लागि पढेको कुरालाइ पुन दोहोरायर पढ्न पाउनु र घरमै बसी पढिरहेको अवस्थामा नबुझेको कुरा आफ्ना शिक्षकलाइ सोध्न पाउनु अर्को फाइदा रहेकोले नै यस पद्दति अहिले उपयोगी र आवश्यक रहेको संस्थाका व्यवस्थापन कार्यक्रम संयोजक डा. श्रीनिवास माधवन बताउछन् ।
औषधी बिज्ञान (फार्मेसी) स्नातक तहमा अध्यनरत बिद्यार्थीहरु आफ्नो अनुसन्धान तथा प्राक्टिकल बिषयमा केन्द्रित रहिरहेको बेला बीचमा आएको समस्या लाई समाधान तथा नया कुरा थप सोध्नको लागि यस पद्दति बहुउपयोगी रहेको यस कार्यक्रमका प्रमुख बरिष्ठ फार्मास्ष्टि प्रकाश पौडेल बताउछन् । यस समयमा कलेजमा नै आएर प्रयोगात्मक ज्ञान लिन बिद्यार्थी असमर्थ भएपनि अनलाइन माध्यम बाट कक्षा सञ्चालन र देश तथा विदेशबाट समेत विज्ञबाट भर्चुअल कक्षा द्घारा एउटा भिन्न सिकाइ भैरहेको पनि पौडेलले बताए ।
आज भन्दा १८ बर्ष अघि क्याम्ब्रिज बिश्वबिद्यालय को ब् लेभेल बाट आफ्नो शैक्षिक यात्रा सुरु गरेको नोभेल एकेडेमीले हाल स्नातक तह मा बि.एस्सी र्निसङ्ग, बि.फार्मेसी , बि.बि.ए तथा स्नातकोत्तर तर्फ एम.बी ए. को कक्षा संचालन गरिरहेको छ , सम्पूर्ण कार्यक्रमका शिक्षक तथा बिद्यार्थीहरुको इच्छा तथा वर्तमान लकडाउन समयको सदुपयोग गरि थोरै भएपनि घरमै बसेका बिद्यार्थीहरुको लागि पढाई प्रति थप उत्साह प्रदान गर्न यस किसिमको शिक्षा शुरु गरिएको साथै पूर्ण कालिन शिक्षक तथा आंशिक शिक्षकहरु समेत यस कार्यको लागि तयार रहेकोले कक्षा संचालन मा सहयोग पुगेको कुरा संस्था का प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले जानकारी दिए । पहिलो पटक यो बिधि बाट कक्षा संचालन गरिएकोमा सम्पूर्ण कार्यक्रममा अधिकांस बिद्यार्थीको उपस्थित रही पढी रहेकोले बिद्यार्थीलाइ समेत आचार्यले धन्यवाद दिए ।
सूचना प्रविधिको २१ औ शताब्दी को बेला नयाँ नयाँ प्रबिधि अपनाई बिद्याथी लाइ पठन पाठनमा लगाउनाले थप नया कुरा सिक्न सक्ने , एक्ला एक्लै पढ्ने हुदा बिद्याथीको पढाइ तिर ध्यान केन्द्रित हुने ,अरुबाट बाधा नहुने, आफ्नो र शिक्षक को समय मिलाएर पदने मिल्ने , आफुले चाहे अनुसारको बाताबरणमा बसेर पढ्न अनुकुल हुने, बिद्यार्थी अझ बढी अनुसाशित भएर पढ्न सक्ने बानि को विकास हुने तथा अनलाइनका मध्यम बाट पाठन पाठन कार्यले बिद्यार्थी लाई नया प्रबिधि बाट सिक्ने मौका मिलेको संस्था का संचालन प्रबन्धक दिनेश भण्डारीले जानकारी दिए ।
Comments are closed.