नोभेल एकेडेमीको १७औं वार्षिकोत्सव, हाजिरीजवाफमा ग्लोवल कलिजियट प्रथम

पोखरा, २१ मंसिर ।

पोखराको नोभेल एकेडेमीद्वारा आयोजित विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगितामा रानीपौवास्थित ग्लोबल कलिजियट प्रथम भएको छ । नोभेलले आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा सहभागी अन्य २९ विद्यालयलाई पछि पार्दैै ग्लोवल कलिजियट प्रथम भएको हो ।

प्रथम ग्लोवल कलिजियटले १२ हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । ग्लोवलका विद्यार्थी अनुपन रिजाल, एपेक्स महर्जन, सिद्धार्थ बगाले र स्पन्दन तिमिल्सिनाको टीमले प्रतियोगितामा प्रतिस्पर्धा गरेको थियो ।

यसैगरी प्रतियोगितामा मेट्रेपोलिटन एकेडेमी द्वितीय, हिमालयन बोर्डिङ स्कूल तृतीय र केफ स्कूलले सान्त्वना स्थान हासिल ग¥यो । मेट्रोपोलिटनले ८ हजार, हिमालयनले ४ हजार र केफले २ हजार रुपैयाँ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

पुरस्कार वितरण गर्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले विद्यार्थीको शैक्षिक यात्रामा हाजिरीजवाफले महत्वपूर्ण भूमिका खेल्ने बताए । आफ्नो विद्यार्थी जीवन स्मरण गर्दै उनले नेतृत्व र व्यक्तित्व विकासमा समेत हाजिरीजवाफ फलदायी हुने स्पष्ट पारे । नोभेल एकेडेमीले नेपालको शैक्षिक विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै उनले एकेडेमीको उज्वल भविष्यको कामना समेत गरे ।

नोभेलका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत विश्वेश्वर आचार्यले एकेडेमी अन्तर्राष्ट्रिय रुपमा परिचित हुँदै गएकोमा निकै खुशी लागेको भन्दै आगामी दिनमा पनि थप सशक्त ढंगले अघि बढाउने प्रतिवद्धता जनाए । उनले हाजिरी जवाफमा विजयी विद्यार्थी एकेडेमीमा अध्ययन गर्न आए ए लेभलमा छात्रवृत्ति प्रदान गर्ने जानकारी दिए ।

एकेडेमीका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा हिमालयन बोर्डिङका सहप्राचार्य गोविन्द काफ्ले, करुणानीधि एजुकेशन फाउण्डेशनका सुमन अधिकारी, नोभेलका अप्रेशन म्यानेजर दिनेश भण्डारी लगायतले बोलेका थिए ।

हाजिरीजवाफ प्रतियोगिता अन्तर्गत फाइनल चरणको सहजीकरण कलेजका विबिए तथा ए लेभल कोअर्डिनेटर हरि प्रसाद पौडेल र प्राध्यापक दुर्गाप्रसाद शर्माले गरेका थिए ।

You might also like

Comments are closed.