नोभेल एकेडेमीमा करियर काउन्सिलिङ

पोखरा, १९ जेठ ।

नोभेल एकेडेमी पोखराको आयोजनामा एसइइ परीक्षा दिएर बसेका विद्यार्थीहरुलाई “व्हाट आफ्टर एसइइरु” विषयक करियर काउन्सिलिङ सेमिनार शनिवार सम्पन्न भएको छ ।

एसइइपछि के पढ्ने, कुन क्यारियरका के कस्ता सम्भावना एवं चुनौती छन् र उनीहरुले आफुहरुलाई कसरी तयार गर्ने भन्ने सम्बन्धमा सेमिनार भएको हो
करीब १५० एसइइ दिएर बसेका विद्यार्थी र अभिभावकको उपस्थिति रहेको कार्यक्रमको स्वागत गर्दै एकेडेमीका प्राचार्य डा.कृष्ण राज भण्डारीले एकेडेमीको चिनारी र उपलब्ध शैक्षिक कार्यक्रमहरु ए.लेभल, बिबिए, बि फार्मेसी, बीएससी नर्सिङ तथा एमबिएको बारेमा जानकारी दिए ।

कार्यक्रममा उपस्थित मुख्य अतिथि, ब्रिटिस काउन्सिलका प्रतिनिधि विक्रान्त गुरुङले ए लेभल शिक्षाको बारेमा स्पष्ट पारे । उनले ए लेभलको बारेमा विद्यार्थी तथा अभिभावक माझ अफवाह फैलिएकोमा चिन्ता व्यक्त गरे उनले ए लेभलको पाठ्यक्रम अत्यन्त लचिलो, गुणस्तरीय, वैज्ञानिक र व्यवहारिक रहेको बताए । हरेक ३ वर्षमा पाठ्यक्रम परिमार्जित गरी समयसापेक्ष बनाइएको ए.लेभल नेपाल सरकार शिक्षा मन्त्रालयबाट पूर्ण स्वीकृत रहेकोले सबैलाई अलमलमा नपर्न आग्रह गरे ।
सेमिनारमा बरिष्ट शिक्षाविद् एवं एकेडेमीका सल्लाहकार डा.रामजीवन यादवले ए लेभल अध्ययनको सम्भावना र चुनौती बारे कार्यपत्र प्रस्तुत गरे । उनले विश्वप्रशिद्ध क्याम्ब्रिज विश्वविद्यालय, युकेको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त ए.लेभलले विद्यार्थीको शैक्षिक विकासका लागि मात्रै नभएर व्यक्तिगत विकासमा पनि टेवा पुर्याउने बताए ।

कार्यक्रममा एकेडेमीमा अध्ययनरत विद्यार्थी आयुस्का शाक्यले आफ्नो ए.लेभलको पहिलो वर्षको अनुभव प्रस्तुत गरेकी थिईन ।  नोभेल एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विशेश्वर आचार्यले एकेडेमीले ए.लेभल अध्यापनको १६ वर्षको छोटो अन्तरालमा आफ्ना विद्यार्थीले देश विदेशमा गरेको प्रगति प्रति खुसी प्रकट गरे । उनले शिक्षा क्षेत्रमा उत्कृष्टता तर्फको आफ्नो प्रयास निरन्तर जारी रहेको बताए ।

पोखरा उद्योग वाणिज्य संघको सेमिनार हलमा भएको कार्यक्रमको सञ्चालन एकेडेमीका बिबिए एवं ए.लेभल संयोजक शम्भब लामाले गरेका थिए । साथै उनले शैक्षिक सत्र २०१८ को नयाँ भर्ना सम्बन्धि जानकारी पनि दिएका थिए ।

You might also like

Comments are closed.