नोभेल एकेडेमीमा बिबिए विद्यार्थीको विदाई

पोखरा ७ माघ । नोभेल एकेडेमी न्युरोडमा बिबिए पाचौं ब्याचका विद्यार्थीले बिबिए अध्ययन पुरा गरेका चौथो ब्याचका विद्यार्थीलाई एक विशेष समारोहको आयोजना गरी विदाई गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि ओम डेभलप्मेन्ट बैंकका उप प्रमुख कार्यकारी अधिकृत बुद्धि मल्लले विद्यार्थीलाई सम्बोधन गर्दै स्वदेशमै केही गरी देशको समृद्धिमा योगदान दिनुपर्ने जोड दिए ।  विद्यार्थीलाई उद्यमी बन्न हौसला गर्दै उनले निरन्तर लगाव दिदै जीवनमा अघि बढेमा सफलताको ग्यारेन्टी रहेको धारणा राखे ।

कार्यक्रमका सभापति एवं एकेडेमीका प्रमुख कार्यकारी अधिकृत विशेश्वर आचार्यले विदाई हुँदै गरेका विद्यार्थीको उज्ज्वल भविष्यको कामना गरे । एकेडेमीका प्राचार्य डा. कृष्ण राज भण्डारीले चार वर्षे बिबिए अध्ययन पुरा गरेकोमा बधाई दिदै स्नातकोत्तर अध्ययनको लागि एकेडेमीकै एमबिएका लागि निम्तो दिए ।

छात्रा सिम्रन घलेको स्वागत मन्तब्यबाट शुरु गरिएको कार्यक्रममा विदाई भएका विद्यार्थीको तर्फबाट सावित्रा आचार्यले बोलेकी थिइन् । कार्यक्रममा कलेजका कार्यकारी निर्देशक सीता लामिछाने लगायत बिबिए संयोजक शम्भव लामा, एमबिए संयोजक पुरुषोत्तम पहारी साथै फ्याकल्टी क्षितिज बराल लगायतले बोलेका थिए ।विद्यार्थीद्वय यमकला जिटी र सुप्रभा न्यौपानेद्वारा संचालन गरिएको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

You might also like

Comments are closed.