नोभेल एकेडेमीमा विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान

पोखरा । नोभेल एकेडेमीमा विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आज सम्पन्न भएको छ । कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले शुभकामना व्यक्त गर्दै नोभेलले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । ‘पोखरालाई शैक्षिक केन्द्रको रुपमा स्थापन गर्ने नोभेल पनि प्रमुख भूमिका खेल्ने छ,’ उनले भने, ‘नोभेल एकेडेमी पोखराको गहना हो ।’

नोभेल एकेडेमीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत बिश्वेश्वर आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरा उद्योग बाणिज्य संघका अध्यक्ष दामु अधिकारी, गण्डकी मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत सिए सन्तोष खनाल, हिमालयन अर्गनाईजेसनका अध्यक्ष धु्रबबहादुर थापा, अग्रज पत्रकार नारायण कार्की, पियन क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख डा. बिर वहादुर कार्की, पोखरा फाईनान्सका सिईयो रबि गुरुड., नोभेल एकेडेमीका बोर्ड सदस्य कृष्ण केसी, कलेजका अभिभावक बाबुराम अधिकारी, कलेजका बरिठ्ठ प्राध्यापक डा. राम जिवन यादव, कलेजका एमबिएमा अध्ययनरत विद्यार्थी रुद्र गिरी लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सन २००२ मा नोभेल एकेडेमीले विश्वविख्यात क्याम्व्रिज विश्वविद्यालयको कोर्ष ए लेभललाई नेपालमै भित्राएको हो । पोखराको गैरवको रुपमा रहेको एकेडेमीले नर्सिङ, बि फार्मेसी, एमबिएका कार्यक्रम सञ्चालन गरिरहेको छ । एकेडेमीले कोर्षमात्र नभएर विदेशी युनिभर्सिटीका भिजिटिङ्ग लेक्चरहरुको कक्षाहरु समेत राख्ने गर्छ । विद्यार्थीहरुको ज्ञान तथा सिप बद्धि गर्ने एकेडेमीले विविध सेमिनार तथा भ्रमणको समेत गराउँदै आएको छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.