नोभेल एकेडेमी र अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीबीच सहकार्य (सम्झौतापत्र सहित)

आर्थिक आवाज
पोखरा, १८ असोज । पोखरामा रहेको नोभल एकेडेमी र अमेरिकाको क्यालिफोर्निया स्टेट युनिभर्सिटीबीच सहकार्य गर्ने सम्झौता (एमओयु) भएको छ । सम्झौता नोभेल एकेडेमीको लागि कोशेढुङ्गा बन्ने अध्यक्ष विशेश्वर आचार्यले बताए । ‘पोखरामा वैदेशिक शिक्षाकोे लागि यस सम्झौताले नयाँ आयाम थप्नेछ,’ उनले भने ।

दुई संस्था बीचमा विभिन्न शैक्षिक गतिविधी तथा क्रियाकलाप आदान–प्रदान गर्ने तथा मेलमिलापको सम्वन्ध स्थापित गर्ने उद्देश्यले एमओयु गरिएको आचार्यले जानकारी दिए । सम्झौताको अवधि ५ वर्षको रहेको छ । त्यसपछि प्रत्येक २÷२ वर्षमा सम्झौता नवीकरण हुने उनले बताए ।

एकेडेमी र युनिभर्सिटी बीचमा फ्याकल्टीका साथै प्रशासकीय स्टाफ, फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम, विद्यार्थी आदान–प्रदान, वैदेशिक शिक्षा, विभिन्न रिसर्च तथा तालिमका साथै शैक्षिक गतिविधी एक आपसमा आदान प्रदान गर्ने विषय सम्झौतामा उल्लेख गरिएको छ । जसले दुवै संस्थाको शैक्षिकस्तरलाई उत्कृष्ट बनाउनेछ ।

सम्झौतामा नोभेल एकेडेमीको तर्फबाट आचार्य र क्यालिफोर्निया स्टेट युभिर्सिटीका अध्यक्ष प्रोफेसर डाक्टर जोसेफ क्यास्ट्रोले हस्ताक्षर गरेका छन् ।

You might also like

Comments are closed.