नोभेल एकेडेमी र भारतको सिंहानिया इन्स्टिच्युटबीच सम्झौता (फोटो फिचरसहित)

सुरेन्द्र पौडेल
पोखरा, २९ भदौ । नोभेल एकेडेमी पोखरा र भारतको उत्तर प्रदेश कानपुरमा रहेको डा. गौर हरि सिंहानिया इस्न्टिच्युट अफ म्यानेजमेन्ट एण्ड रिसर्चबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर (एमओयु) भएको छ । ५औं इन्टरनेशनल समिट ह्युमन रिसोर्स २०१८ को अवसरमा सम्झौता गरिएको हो ।

नोभेल एकेडेमीका अध्यक्ष विशेश्वर आचार्य र इस्न्टिच्युट अफ म्यानेजमेन्ट एण्ड रिसर्चका निर्देशक प्रो.डा.राकेश प्रेमीले सम्झौतामा हस्ताक्षर गरेका हुन् । कार्यक्रममा बोल्दै मुख्य अतिथी विशेश्वर आचार्यले नेपालको शैक्षिक क्षेत्रमा नोभेल एकेडेमीले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

सम्झौताले कलेजको क्षमता बृद्धिसँगै र दक्ष जनशक्ति उत्पादनमा अझैबढी योगदान पुग्ने उनले विश्वास व्यक्त गरे । नेपालको प्रतिष्ठिन शैक्षिक संस्था नोभेल एकेडेमीसँग सहकार्य गर्न पाउँदा आफूहरु हर्षित रहेको निर्देशक राकेश प्रेमीले बताए ।

भारतका एमबिए कलेजमध्ये उत्कृष्ट ३० भित्र पर्ने उक्त कलेजलाई जेके अर्गनाइजेसनले सञ्चालन गरिरहेको छ । ‘भारतको उत्कृष्ट एमबिए कलेजसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौं,’ आचार्यले भने । व्यवस्थापनको क्षेत्रमा भारतीय कलेजहरुले अबलब्ध गर्दै आइरहेको शिक्षण पद्धतिलाई आदानप्रदान गर्दै सहकार्य गरिने आचार्यले जानकारी दिए । गुणस्तरीय उच्च शिक्षा अध्ययनका लागि विदेश जानुपर्ने बाध्यतालाई हटाउन यस्ता कार्यक्रम तथा सम्झौताले टेवा पुग्ने आचार्यले बताए ।

सम्झौतासँगै उक्त कलेजका प्रोफेसरहरुलाई नोभेल एकेडेमीलाई ल्याउने र यहाँका प्राध्यापक तथा विद्यार्थीलाई सिंहानिया इस्न्टिच्युटका गतिविधिमा प्रत्यक्ष सहभागी गराइने आचार्यले जानकारी दिए । ‘विभिन्न तालिम तथा सेमिनारहरुमा सहकार्य गरिन्छ,’ उनले भने, ‘फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम, स्टुडेन्ट एक्स्चेन्जसहित एचआर तथा उद्यमशीलता सेमिनारहरु आयोजना गर्ने काम गर्छौं ।’

अहिले भारतमा भएको इन्टरनेशनल एचआर समिट अर्को वर्ष पोखरामा आयोजना हुने सम्झौता समेत भएको आचार्यले जानकारी दिए । ‘अन्तर्राष्ट्रियमा ख्यातिप्राप्त विज्ञहरुको सहकार्यमा पोखरामा समिट हुनेछ,’ उनले भने ।

You might also like

Comments are closed.