न्युरोडमा खुल्यो एमआरई

पोखरा, २० फागुन
जटिल खालका स्वास्थ्य समस्या पहिचानको लागि पोखराको न्युरोडमा अत्याधुनिक सुविधा सहितको एमआरआई सेवा सञ्चालनमा आएको छ ।

पोखरा एमआरआइ एन्ड डाइग्नोस्टिक सेन्टर प्राइभेट लिमिटेडको शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा बुद्धिबहादुर थापा र डा.कुमार समशेर राणाले उद्घाटन गरे ।

१० करोड लगानीमा सुरु भएको उक्त कम्पनीमा सिमेन्स कम्पनीको अत्यधुनिक एमआरआई मेसिन प्रयोग गरिएको पोखरा एमआरआई एन्ड डाइग्नोस्टिक सेन्टर प्रालिका अध्यक्ष डा. प्रकाश शर्माले जानकारी दिए । उक्त मेसिनबाट शरीरको कुनै पनि भागमा लागेको रोग सजिलै पत्ता लगाउन सकिन्छ । डा. शर्माले भने, ‘टाउको, पेट, घाँटी, छाती, काँध, खुट्टा, लगायत शरीरका सम्पूर्ण भागमा भएको रोग पत्ता लगाउन सकिन्छ ।’

You might also like

Comments are closed.