न्यु गिरी इलेक्ट्रोनिक्सको गोदाममा आगलागी, करिब ४० लाख रुपैयाँको क्षति

पोखरा, १८ साउन । पोखराको जिरो किलोमिटरमा रहेको न्यु गिरी इलेक्ट्रोनिक्सको गोदाममा आगलागी भएको छ । विद्युत सर्ट हुँदा आगो लागेको हो । बिहान करिब १०ः३० बजेतिर लागेको आगो दमकल, प्रहरी र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको छ ।

आगो लागी हुँदा करिब ४० लाख रुपैयाँ बराबरको क्षति भएको सञ्चालक वसन्त गिरीले बताए । यद्यपि क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

तस्बिरहरु : कृष्णप्रसाद पाण्डे

You might also like

Comments are closed.