न्यूरोड आगलागी पीडित आफ्ना सदस्यद्वयलाई सहयोग

आर्थिक आवाज
पोखरा, १३ भदौ । पोखरा उद्योग वाणिज्य संंघले पोखरा–९, न्यूरोडमा रहेको एस मिनी मार्केटमा भएको आगलागीबाट पीडित आफ्ना दुई सदस्यलाई आर्थिक सहयोग गरेको छ । गएको साउन २८ गते भएको आगलागीबाट संघका सदस्य प्रतिष्ठानहरु शुभ युनिक होम डेकोर (प्रोपाइटर लीलाधर ढुंगाना), ध्रुव इलेक्ट्रिक वक्र्स (प्रोपाइटर ध्रुबबहादुर थापा) थियो ।

संघमा शुक्रबार आयोजित संक्षिप्त कार्यक्रममा अध्यक्ष दामु अधिकारीले सदस्यद्वय ढुंगाना र थापालाई जनही सान्त्वना रकम बापत २५/३५ हजार रुपैयाँ प्रदान गरेका हुन् । सो रकम हस्तान्तरणका अवसरमा बोल्दैै अध्यक्ष अधिकारीले संघबाट प्रदान गरिएको यो रकमलाई नैतीक सहयोगको रुपमा बुझ्न आग्रह गरे ।

आगलागीबाट भएको क्षतिको तुलनामा संघले प्रदान गरेको रकम नगन्य भएको स्वीकार्दै उनले संघ सदैव दैवी विपत्तिको यो घटनाबाट पाठ सिक्न व्यवसायीहरुसँग आग्रह गरे । पोखरा उद्योग वाणिज्य संघ उद्योगी÷व्यवसायीकै हितको खातिर स्थापना भएको उल्लेख गर्दै उनले आपतविपतमा सघाउन संघ सदैव तयार रहेको बताए । उनले विपत्ती बाजा बनाएर नआउने भएकाले विपत्तीको जोखिम बहनको लागि आफ्नो उद्योग/व्यावसायिक प्रतिष्ठानको बीमा गराउन सबै व्यवसायीहरुसँग आग्रह पनि गरे ।

अध्यक्ष अधिकारीले राज्यलाई कर तिरेर व्यवसाय गरिरहेका व्यवसायीहरुलाई राहत दिन राज्यबाट कुनै पहल नभएकोमा दुःख गरे । पोखरा उद्योग वाणिज्य संघले सदस्ययता शुल्कबाट प्राप्त रकमबाट व्यवसायीहरुलाई दुःख पर्दा सहयोग गर्ने उद्देश्यले राहतकोष स्थापना गरेको जानकारी दिँदै उनले उद्योगी/व्यवसायीहरुलाई संघमा आवद्ध भएर व्यवसायिक एकता कायम गर्न पनि आग्रह गरे ।

कार्यक्रमका बोल्दै संघका महासचिव अर्जुन पोखरेलले आफ्नो सुरक्षाको लागि पनि बीमा आवश्यक भएको बताउँदै बीमा गर्नेबारे हेलचक्र्याईँ नगर्न आग्रह गरे । उनले पीडित व्यवसायीहरुको आवाजलाई केन्द्रमा पु¥याउने सांसद विन्दा राना र प्रदेशसभामा कुरा उठाउने सांसद विन्दुकुमार थापाप्रति हार्दिक धन्यवाद ज्ञापन गरे ।

कार्यक्रमका बोल्दै संघका सदस्य ध्रुवबहादुर थापाले संघले देखाएको सदासयता र सहयोगप्रति हार्दिक धन्यवाद ज्ञापनगर्दै राहतकोष स्थापनाको निर्णययको खुलेर प्रशंसा गरे । अर्का व्यवसायी सन्तोष ढुंगानाले दुःखको यो बेलामा घरबेटीबाट पनि राहत प्रदान गरिनुपर्ने र पोखरा उद्योग वाणिज्य संघले पुनस्र्थापनाको लागि विशेष पहल गर्नुपर्ने धारणा राखे ।

You might also like

Comments are closed.