काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ४ सय ४० संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ८९ हजार २ सय ६३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ७ सय ८१ पिसिआर परिक्षण गरिएको छ भने हाल सम्म १० लाख ८८ हजार २ सय २९ परिक्षण गरिएको छ ।
सक्रिय संक्रमितको संख्या २३ हजार ५ सय ७ रहेकोे छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ३३ संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म ६५ हजार २ सय २ संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Comments are closed.