पछिल्लो २४ घण्टामा १८१८ जना कोरोना संक्रमित संक्रमणमुक्त, १२४६ थपिए

काठमाडौं ।नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ८ सय १८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ३५ हजार ७ सय जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५० हजार ४ सय ६५ पुगेको छ ।

lcci
You might also like

Comments are closed.