‘पढाऔं अभियान’को छात्रवृत्तीबाट ३ सय ८७ जना विद्यार्थी लाभान्वित

आर्थिक आवाज
पोखरा ३१, वैशाख । लायन्सको ‘पढाऔं अभियान’बाट विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको छ । लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालद्वारा सञ्चालित ‘पढाऔं अभियान’बाट मंगलबार पोखरामा १ सय ३० जना विद्यार्थीलाई छात्रवृत्ती वितरण गरिएको हो । गरिब तथा जेहेन्दार विद्यार्थीलाई न्युनतम ४ हजार रुपैयाँदेखि १६ हजार रुपैयाँसम्मको छात्रवृत्ती प्रदान गरिएको अभियानका अध्यक्ष तथा डिष्ट्रिक्टका निबर्तमान गभर्नर धनराज आचार्यले जानकारी दिए ।

शिक्षा क्षेत्रमा विशेष योगदान पु¥याउने लक्ष्यसहित आचार्यले आफू गभर्नर हुँदा अघिल्लो वर्ष (लायन वर्ष २०१७÷१८) पढाऔं अभियानको सुरुवात गरेका थिए । मंगलबार गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले विद्यार्थीहरुलाई छात्रवृत्ती वितरण गरेका हुन् ।

पढाऔं अभियानबाट यस अगाडि काठमाडौं क्षेत्रमा छात्रवृत्ती वितरण भइसकेको आचार्यले जानकारी दिए । ‘मोफसलका जिल्लाहरुमा छात्रवृत्ती वितरण गर्न बाँकी छ,’ उनले भने । पढाऔं अभियानको कोषमा २ करोड ५० लाख रुपैयाँ छ । उक्त रकमको व्याजबाट यस वर्ष १९ लाख ८६ हजार ७ सय २५ रुपैयाँ विद्यार्थीलाई छात्रवृत्ती प्रदान हँुँदैछ । काठमाडौं र पोखराबाट छात्रवृत्ती वितरण भइसकेको छ भने मोफसलका जिल्लाहरुमा बाँकी छ ।

 

अभियानको छात्रवृत्तीबाट यस वर्ष ३ सय ८७ जना विद्यार्थी लाभान्वित हुँदैछन् । ‘पढाऔं अभियानमा २ सय ३५ वटा अक्षयकोष छन्,’ आचार्यले भने, ‘शिक्षा क्षेत्रमा लायन्समार्फत योगदान पु¥याउने लक्ष्यमा हामी सफल छौं ।’ आगामी दिनमा यो कोषमा अझै रकम बढ्ने उनले बताए ।

कार्यक्रममा बोल्दै मन्त्री गुरुङले शिक्षा लगायत सामाजिक क्षेत्रमा लायन्सले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताए । ‘पढाऔं अभियानबाट धेरै विद्यार्थीले छात्रवृत्ती पाउनु राम्रो पक्ष हो,’ उनले भने । कोषलाई अझ वृद्धि गरेर छात्रवृत्ती वितरणलाई अझ व्यापक बनाउन उनले आग्रह गरे । लायन्सका वर्तमान डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले लायन्सलाई चिनाउन पढाऔं अभियानले महत्वपूर्ण योगदान पु¥याएको बताए ।

समाज सेवाका क्षेत्रमा वर्षेनी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको लायन्सले शिक्षामा योगदान पु¥याउने लक्ष्यसहित उक्त अभियान सञ्चालनमा ल्याएको हो । जुन अभियानले सरकारको साक्षरता अभियानमा पनि योगदान पु¥याउने आचार्य बताउँछन् । शिक्षाबाट बञ्चित बालबालिकालाई विद्यालयसम्म जाने वातावरण बनाउन सबैले सघाउनुपर्ने बताउँदै निबर्तमान गभर्नर आचार्यले यो अभियानमा साथ दिन आग्रह गरे ।

You might also like

Comments are closed.