पढाऔं अभियानबाट एउटै विद्यार्थीलाई डिग्रीसम्म पढाउछौं

चण्डीप्रसाद अर्याल
पढाऔं अभियान चिफ
लायन्स डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्स क्लब्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ ले बिगत केही वर्ष यतादेखि स्वास्थ्य, पर्यावरण र भवितव्यसँगै शिक्षालाई पनि जोड दिदै आएको छ । यसको मुख्य उद्देश्य भनेको आर्थिक अभावमा कोहि पनि शिक्षाबाट बञ्चित हुन नपरोस् भन्ने हो । यसका लागि छात्रवृत्ति कोष स्थापना गरेका छौं ।

अहिलेसम्म यसमा साढे २ करोड रुपैयाँको कोष स्थापना भइसकेको छ । यस कोषबाटै हामीले ‘पढाऔं अभियान’ अन्तर्गत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्ने गर्छौं । अहिलेसम्म हामीले वार्षिक छात्रवृत्ति मात्रै वितरण गथ्र्यौं भने अबदेखि हामी एउटै व्यक्तिलाई शुरुदेखि अन्त्यसम्म अर्थात उसले पढुञ्जेल अर्थात डिग्री गर्छ भने पनि त्यतिञ्जेलसम्म छात्रवृत्ति निरन्तर दिइरहने अभियान सञ्चालन गर्दैछौं । यसको शुरुवात केही केही ठाउँबाट भइसकेको छ । त्यसका अलावा दुरदराजका बालबालिकालाई भने नियमित रुपमा स्कुल जानबाट बञ्चित नहुन् भनेर कापी, किताव, कलम, खाजा खर्च, शुल्क तिरिदिने लगायतका कार्यहरुलाई पनि निरन्तरता दिन्छौं ।

यो अभियानमा सहभागी हुन हामीले आह्वान गरिसकेका छौं । यो अभियानमा लायन्स तथा गैरलायन्स जोकसैले पनि सहभागी हुन पाउँछ । त्यसका लागि ५० हजार वा त्यो भन्दा माथिको कोष राखेर छात्रवृत्ति दिनसक्छ । सो कोषबाट प्रत्येक वर्ष एउटै विद्यार्थीलाई पढाउँछु वा प्रत्येक वर्ष फरक÷फरक विद्यार्थीलाई पढाउन सकिन्छ । यो अभियान र कोष सञ्चालन पारदर्शी र कानूनी हिसाबले पनि कानुनसम्मत छ ।

You might also like

Comments are closed.