‘पढाऔं अभियानले लायन्सलाई ब्रान्डिङ गरेको छ’

धनराज आचार्य
डिष्ट्रिक्ट गभर्नर
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपाल

लायन्स क्लब इन्टरनेशनल ३२५ बि १ नेपाल संसारकै उत्कृष्ट डिष्ट्रिक्टमा पर्न सफल छ । लायन्स क्लब इन्टरनेशनलमा सबैभन्दा बढी सदस्य भएको डिष्ट्रिक्ट पनि यही हो । डिष्ट्रिक्टमा १० हजार भन्दा बढी सदस्य छन् । यतिबेला लायन्स स्थापनाको सय वर्ष पुगेको छ । लायन्स स्थापनाको सय वर्ष पुगेको अवसरमा यस डिष्ट्रिक्टका गभर्नर धनराज आचार्य छन् । गभर्नर आचार्यले पढाऔं अभियान लगायत विभिन्न रचनात्मक कार्यक्रमहरु अगाडि बढाइरहेका छन् । यसैक्रममा गभर्नर आचार्यसँग डिष्ट्रिक्टका गतिविधि र लायन्ससँग सम्बन्धित विभिन्न विषयमा केन्द्रित रहेर पत्रकार सुरेन्द्र पौडेलले गरेको कुराकानीको सारः

लायन्स कस्तो संस्था हो ?
लायन्स क्लब संसारकै सबैभन्दा ठुलो सामाजिक संस्था बनेको छ । यसका दुई कारणहरु छन् । एउटा त यती धेरै देशहरुमा संजाल भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था अरु कुनै पनि छैनन् । संयुक्त राष्ट्रसंघ जस्तो संस्था पनि सबै देशमा पुगेको छैन । संयुक्त राष्ट्र संघको भन्दा लायन्सको सञ्जाल धेरै देशमा जोडिएको छ । यस हिसाबले पनि हाम्रो संस्था ठुलो बनेको छ । यो एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । तर, यसको छुट्टै बिशेषता छन् । यो मात्र एउटा संस्था हो, जसको अपरेसन कष्ट निल छ । शुन्य अपरेसन कष्टमा काम गर्ने भएको हुनाले यो विल्कुलै सामाजिक संस्था हो । लायन्सले संसारभर सामाजिक क्षेत्रमा पु¥याएको योगदान महत्वपूर्ण छ । नेपालमा पनि यसले सामाजिक क्षेत्रमा रचनात्मक र नमुना काम गर्दै आइरहेको छ ।

लायन्स अन्तर्राष्ट्रिय स्थापनाको सय वर्षमा गभर्नर हुँदा कस्तो अनुभव गर्नुभएको छ ?
लायन्स स्थापनाको पहिलो सताब्दी पुरा गरेर हामी दोस्रो शताब्दीमा प्रवेश गर्दैछौं । स्थापनाकोे सय वर्षमा गभर्नर हुन पाउनु मेरो लागि एउटा सौभाग्य र अबसर पनि हो । यो अवसरलाई मैले कामका माध्यमबाट देखाउने प्रयत्न गरेको छु । लायन्स स्थापनाको सेन्टेनियल वर्ष मनाउन हामीले विभिन्न सय वटा कार्यक्रम नै तय गरेका छौं । जस अन्तर्गत पढाऔं अभियान लगायतका सय वटा कार्यक्रम नै समाजमा विशेष प्रभाव पार्ने खालका छन् । सामाजिक क्षेत्रमा योगदान पु¥याएका सय जना व्यक्तित्वहरुलाई सार्वजनिक अभिनन्दन गर्दै लायन्स स्थापनाको सय वर्ष मनाउने कार्यक्रम छ । यो वर्ष ल्याइएका सबै कार्यक्रम सफल बनाउन म सम्पूर्ण लायन लिडर तथा क्लबहरुलाई आग्रह गर्दछु । उहाँहरुले उत्साहका साथ मलाई साथ पनि दिइरहनुभएको छ ।

पढाऔं अभियानको अवधारणा कसरी आयो ?
अरुले भन्दा केही फरक गर्नुपर्छ भन्ने सोच मलाई सधैं आउँछ । फरक काम गरेर मात्र भएन दीर्घकालीन रुपमा प्रभाव पार्ने काम जुन सकेसम्म धेरैलाई राहत पुग्ने खालको होस् भन्ने थियो । नेपालमा हामीले शहरी क्षेत्रलाई मात्र हेरेर भएन । २१औं शताब्दीमा आइसक्दा पनि नेपालका यस्ता दुरदराजका ठाउँ छन् जहाँका बालबालिकाले अहिलेसम्म विद्यालयको मुखसम्म देख्न पाएका छैनन् । शहरी क्षेत्रमै पनि कतिपय त्यस्ता बालबालिका हामीले देख्न सक्छौं । विशेषगरी गरीबी तथा अन्य विविध कारणले विद्यालय जानबाट बञ्चित भएका बालबालिकाहरु शिक्षाबाट बञ्चित हुन नपरोस भन्ने उद्देश्यका साथ यो अभियान अगाडि बढाएको हुँ । मैले यो अभियान सञ्चालन गर्नासाथ देशभरबाट मलाई निकै हौसला प्रदान भएको छ । देशभरका लायन्स साथीहरु तथा क्लबहरुबाट निकै सहयोग प्राप्त भएको छ । पढाऔं अभियान र सेन्टेनियल ईयरलाई सफल बनाउने हाम्रो मुख्य उद्देश्य हो ।

पढाऔं अभियानलाई अब कसरी व्यवस्थित गर्नुहुन्छ ?
डिष्ट्रिक्टले यस वर्ष अगाडि सारेको महत्वपूर्ण काम हो, ‘पढाऔं अभियान’ । लायन्स क्लब इन्टरनेशनलले बितेका सय वर्षमा अन्धोपन निवारणका लागि विभिन्न कार्यक्रम गरेको छ । अबको फोकस एरिया लायन्सले मधुमेहलाई बनाएको छ । नेपालको सन्दर्भमा यस बाहेक लायन्सलाई ब्राण्डिङ गर्ने र साचो अर्थमा सामाजिक सेवा पनि हुने हिसाबले पढाऔं अभियान शुरु गरेका हौं । यसमा ३ पक्ष रहनेछन् । एउटा पक्ष डिष्ट्रिक्को कार्यकारी समिति हो । लायन्स वा गैर लायन्स जो सुकै भएपनि ट्रस्टी बनेर स्वर्गीय वा जीवित आफन्त तथा आफू वा अरु कसैको नाममा अक्षय कोष निर्माण गर्नेछौं । यसलाई सञ्चालन गर्ने क्रममा ईच्छाइएको व्यक्ति १ जना सदस्य हुन्छ । ३ जनाको एउटा कमिटि बन्छ र कसलाई छात्रवृत्ती दिने भन्ने निर्णय गर्छ । यो कोष अविछिन्न रुपमा चलिरहन्छ ।

पढाऔं अभियानका लागि अहिलेसम्म कति रकमको प्रतिबद्धता आएको छ ?
आजको दिनसम्म हामीसँग झण्डै ५ करोड रुपैयाँ बराबरको कोषको प्रतिबद्धता प्राप्त भइसकेको छ । यो वर्षको अन्त्यसम्ममा निकै राम्रो तरिकाले कोष स्थापना हुनेमा हामी विश्वस्त छौं । अबको १० वर्ष पछाडि यो कोषमा १ अर्ब रुपैयाँ जम्मा हुने मलाई विश्वास छ । यो अभियान एक दुई वर्षका लागि मात्र होइन दीर्घकालीन प्रभाव पु¥याउनका लागि हो । कोषमा रकम बढ्ने क्रम निरन्तर जारी रहनेछ । नेपालको शिक्षा क्षेत्रमा यो अभियानले महत्वपूर्ण योगदान पु¥याउने छ र पूर्ण साक्षरता बनाउने सरकारको अभियानमा पनि सहयोगी बन्नेछ ।

यो अभियानमा कसकसले सहयोग गरेका छन् ?
यो अभियानले लायन्सको ब्राण्डिङ गरेको मैले महसुस गरेको छ । विशेष कारणले विद्यालय छाडेका विद्यार्थीलाई अध्ययनमा जान पनि सहयोग पुग्नेछ । १ जना लायनले १ जना विद्यार्थीलाई पढाउने प्रण ग¥यौं भने राज्यलाई ठुलो सहयोग पुग्नेछ । राज्यलाई ऋण तिर्ने काम पनि यो हो । हामीले लायन्स मात्र नभई राज्यको लागि पनि काम गरिरहेका छौं । लायन्स मात्र नभई गैर लायन्सले पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । अमेरिकामा भएका साथीहरुले पनि हामीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । निकै ठुलो रकममा हामीले यो कोष निर्माण गर्न सक्छौं । शिक्षा क्षेत्रमा लायन्स उत्कृष्ट उदाहरण बन्नेछ र पढ्न नपाएका बालबालिकालाई अध्ययनको वातावरण तयार गर्न सबैको साथ रहनेमा हामी ढुक्क छौं । निरक्षरता उन्मुलन गर्ने हाम्रो लक्ष्य छ । यो अभियानमा लायन्स र गैरलायन्स सबैबाट साथ पाएका छौं र आगामी दिनमा पनि उक्त साथले निरन्तरता पाउनेछ ।

डिष्ट्रिक्टका उपलब्धीहरुलाई कसरी हेर्नुहुन्छ ?
अहिले हाम्रो डिष्ट्रिक्ट संसार कै ठुलो डिष्ट्रिक्ट हो । १० हजार भन्दा बढी सदस्य हुनुहुन्छ । अहिलेबाट हामीले नयाँ अभियान सुरु गरेका छौं । जुन सफल पनि भइसकेको छ । नेपालको ४७ वर्षे पुराने इतिहासमा अहिले प्रत्येक क्लबमा गर्भनर पुगेर पदस्थापन गर्न सम्भव छैन । क्लस्टर छुट्याएर संयुक्त रुपमा पदस्थाापन कार्यक्रम आयोजना गरियो । जुन निकै सफल पनि भयो । ३०÷३५ वटा क्लब एउटा क्लस्टरमा पर्ने गरी हाम्रो डिष्ट्रिक्टलाई ९ क्लस्टरमा छुट्याएका छौं । अगस्ट १५ भित्र पदस्थापन सक्ने जुन लक्ष्य थियो पुरा भइसकेको छ । नेपालको लायन्समा यो हाम्रो नयाँ प्रयोग हो । डिष्ट्रिक्टको मुख्य उपलब्धी भनेको सामाजिक क्षेत्रमा पु¥याएका योगदान नै हो । भूकम्प गएको समयमा होस वा तराईमा बाढी गएको समय, पहाडी क्षेत्रमा बाढी पहिरो जाँदा होस वा आगोलागीका घटना हुँदा हाम्रो डिष्ट्रिक्टले तत्काल राहत पु¥याएर पीडितहरुलाई साथ दिने काम गरिरहेको छ । यो सामाजिक अभियानमा बिना स्वार्थ लायन साथीहरु दत्तचित्त भएर लाग्नुभएको छ । वृक्षरोपण, रक्तदान, बृहत स्वास्थ्य शिविर लगायतका अन्य महत्वपूर्ण कार्यक्रमले नेपाली समाजमा लायन्स क्लबहरुको महत्वलाई अझ बढाएको छ । ब्लड बैंक, लायन्स अस्पताल, हर्टकेयर सेन्टर स्थापना लगायतका अन्य थुप्रै मेगा प्रोजेक्टहरु पनि लायन्सकै उपलब्धी हुन् ।

यस वर्षका अन्य अभियानहरु  के–के छन् ?
स्वास्थ्य क्षेत्रमा पनि विभिन्न अभियान संचालन गरेका छौं । संगठन सुदृढीकरणमा पनि ध्यान दिएका छौं । आफन्त तथा साथीभाइलाई क्लबमा स्वागत गर्नुका साथै क्लब छोडेका साथीलाई पनि पुन क्लबमा आवद्ध गराउन पहल गरेका छौं । नेतृत्व विकासको लागि पनि हामीले विभिन्न कार्यक्रम गरिरहेका छौं । हरेक साता शुक्रबार लायन्स स्कुल नै सञ्चालन भएको छ । लायन्स स्थापनाको सय वर्ष भएकाले यस पटक सयवटा विभिन्न कार्यक्रम तय भएका छन् । सबै कार्यक्रम महत्वपूर्ण छन् । सेन्टेनियल ईयरको अवसरमा हामीले नेपालको कुनै एक ठाँउमा मेल्भिन जोन्सको शालिक बनाउनेछौ । शताब्दी स्मृति परियोजना पनि हामी बनाउनेछौं । सामाजिक क्षेत्रमा काम गरी बिशेष योगदान पु¥याएका १ सय जनालाई जनवरी १३ मा हामी सार्वजनिक अभिनन्दन गर्नेछौं । सवैभन्दा धेरै रक्तदाता बनाउनेमा पनि हामी अग्रस्थानमा छौं । हामीले भारतका २ वटा डिष्ट्रिक्टसँग डिष्ट्रिक्ट टु डिष्ट्रिक ट्युनिङ सम्वन्ध कायम गरेका छौं । अमेरिकन डिष्ट्रिक्टहरुसँग मिलेर पनि हामीले काम गरेका छौं । दृष्टिविहिनहरुको लागि भोकेसनल ट्रेनिङ सेन्टरको सिलन्यास गरिसकेका छौं । गोर्खा अस्पतालमा १ करोड रुपैयाँ बरावरको उपकरण ल्याउनको लागि पनि हामीले सहयोग ग¥यौ । लेखनाथ अस्पतालमा १ लाख रुपैयाँ बरावरको उपकरण हस्तान्तरण हुँदैछ । सबै साथीेहरुले उत्साहका साथ काम गर्नुभएको छ । चार्टर उत्सव मनाउने, आन्तरिक रुपमा क्लबलाई सुढृण बनाउने काम पनि भइरहेको छ । विभिन्न रोगका वारेमा सचेतना जगाउने तथा शिविर संचालन गर्ने काम पनि हामीले गरिरहेका छौ । १ लाख बालबालिकाको आखाँको परीक्षण तथा उपचार गर्ने हाम्रो लक्ष्य छ । जुन अभियान सुरु भइसकेको छ ।

You might also like

Comments are closed.