पत्रकारलाई अस्पतालमा २० प्रतिशत छुट

पुस ३,तनहुँ ।
दमौली अस्पताल विकास समितिले जिल्लाका पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने निर्णय गरेको छ । केही दिनअघि बसेको विकास समितिको बैठकले पत्रकारलाई अस्पतालमा लाग्ने उपचार खर्चमा २० प्रतिशत छुट दिने निर्णय गरेको अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए ।

सूचना विभागबाट जारी प्रेस परिचयपत्रका आधारमा पत्रकारलाई ल्याब, टिकट, एक्सरे, दन्त सेवालगायतमा छुट दिने निर्णय भएको छ ।राज्यको चौथो अङ्गका रुपमा रहेका पत्रकारलाई बिरामी हुँदा उपचारमा केही सहजता होस् भनेर छुट दिने निर्णय गरेको अधिकारीले बताए ।

अस्पताल विकास समितिले पूर्ण अपाङ्गता भएका व्यक्तिलाई फार्मेसी बाहेकका सेवामा शत प्रतिशत तथा कम अपाङ्गता भएकालाई ५० प्रतिशत छुट दिने निर्णण समेत गरिएको छ ।

You might also like

Comments are closed.