पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहा

आर्थिक आवाज
पोखरा, ५ वैशाख । समाचार लेखेकै आधारमा पक्राउ परेका पोखराका पत्रकार अर्जुन गिरी साधारण तारेखमा रिहाई भएका छन् । कास्की प्रहरीको सहायतामा सिआइबीले उनलाई सोमबार पक्राउ गरेर मुद्धा चलाएको थियो ।

ताण्डव साप्ताहिक र ताण्डव न्युजका सम्पादक अर्जुन गिरीलाई जिल्ला अदालत काठमाडौंले साधारण तारिखमा रिहा गरेपछि पत्रकारिता क्षेत्रको जीत भएको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए । गिरी पक्राउ परेपछि देशभरका पत्रकार आन्दोलनमा थिए ।

You might also like

Comments are closed.