पत्रकार कमला र स्मीता सञ्चारिका समूह पश्चिमाञ्चललबाट पुरस्कृत

पोखरा, २६ भदौ ।

सञ्चारिका समूह पश्चिमाञ्चलले शनिबार एकै दिन दुइ जना पत्रकार महिलालाइ पुरस्कृत गरेको छ । सञ्चारिका समुह पश्चिमाञ्चलले हरेक दुइ वर्षमा प्रदान गर्दै आएको संचारीका पत्रकारीता पुरस्कार २०७५ र वार्षिक रुपमा प्रदान गर्ने गुरुङ ब्युटी एकेडेमी जर्नालिज्म अवार्ड २०७५ बाट यो वर्ष क्रमश  : लमजुङ जागरण साप्ताहिककी सम्पादक कमला केसी र समाधान दैनिकी सिनियर रिपोर्टर स्मीता अधिकारीलाइ पुरस्कृत गरेको हो ।

सोमबार सञ्चारिका समूह पश्चिमाञ्चलले एक औपचारीक समारोहको आयोजना गरि पत्रकारद्धय लाइ सम्मान गरेको थियो । उनिहरुलाइ गण्डकी प्रदेश प्रमुख बाबुराम कुवँरले नगद सहित सम्मान गरेका हुन् । उनिहरुलाइ सम्मानपत्र, दोसल्ला र नगद पुरस्कार प्रदान गरिएको थियो ।

पत्रकारिता क्षेत्रमा क्रियाशिल महिलाहरुको पेशागत उन्नती प्रगतिमा सघाउ पुर्याउने उद्देश्यले पोखरा किन्डर गार्डेनकी संस्थापक प्राचार्य कमला प्रधानले संचारीका समुह पत्रकारीता पुरस्कारको स्थापना गरेकी हुन् भने गुरुङ ब्युटि एकेडेमीकी प्रोपाइटर चिनु गुरुङले गुरुङ ब्युटी एकेडेमिक जर्नलिज्म अवार्डको स्थापना गरेकी हुन् । उक्त पुरस्कारहरुको राशि क्रमशः रु २० हजार एक सय ११ र १० हजार १ सय ११ रुपैंया रहेको छ ।

संचारीका समुहले आयोजना गरेको हरितालिका तिज विशेष कार्यक्रमको सन्दर्भमा उक्त पुरस्कार वितरण गरिएको हो । यसैविच कार्यक्रमलाइ संबोधन गर्दै गण्डकी प्रदेश प्रमुख बाबुराम कुवँरले अरुले दिएका सुविधा र आरक्षणले मात्र महिलाको उन्नती हुँदैन भन्दै काम प्रति लगावको भावना जागृत हुनुपर्ने बताए । राज्यको चौथो अंग पत्रकारितालाई मर्यादित बनाएर सभ्य समाजको निर्माणमा सञ्चारक्षेत्र लाग्नु पर्ने बताए । साथै उनले महिलाहरुले अहिलेसम्म पाएका अधिकारहरु सहि उपयोग गर्दै आफ्नो इच्छाशक्ती, क्षमता, दक्षता र योग्यता बढाउनका लागि निरन्तर लागि पर्ने सुझाएका थिए ।

पोखरा महानगरमा सुचना अधिकृत गंगालाल सुवेदीले समाज रुपान्तरणमा पत्रकार महिलाको सक्रिय भुमिकाको खाँचो रहेको भन्दै अझै क्रियाशिल भएर अघि बढ्न आग्रह गरे ।
सम्मानित ब्यक्तित्व कमला के.सी र स्मीता अधिकारी पुरस्कारले संचार क्षेत्रमा अझै जिम्मेवार भएर सामाजिक रुपान्तरणमा काम गर्न प्रेरणा मिलेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, संचारिका समुहका सल्लाहकार दुर्गा भण्डारी, क्रियाशिल पत्रकार समुहका अध्यक्ष सरीता तिमिल्सिना लगायतले बोलेका थिए ।

संचारिका समुह पश्चिमाञ्चलका अध्यक्ष जमुना वर्षा शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष विमला भण्डारी र संचालन महासचिव कविता श्रेष्ठले गरेका थिए ।

You might also like

Comments are closed.