पत्रकार पुनले ल्याए ‘बस्तीभित्र’ नियात्रा संग्रह

पोखरा । पोखराका पुराना पत्रकार तिलक पुन पुर्जाको नियात्रा संग्रह ‘बस्तीभित्र’ बजारमा आएको छ । पत्रकारसमेत रहेका लेखक तथा नियात्राकार पुनद्वारा लिखित ‘बस्ती भित्र’ नियात्रा संग्रह बजारमा आएको हो । नियात्रा संग्रहको शुक्रबार पोखरामा लोकार्पण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले नियात्रा संग्रहको लोकार्पण गरेका हुन् ।

पुनले विगतमा पत्रिकाहरुमा छापिइसकेका नियात्राहरुको संकलन गरेको नियात्रा संग्रह प्रकाशित गरेका हुन् । गण्डकी प्रदेशसहित नेपालका प्रमुख ग्रामिण पर्यटकीय गन्तव्यहरुको नालीबेली केलाइएको नियात्रा संग्रहमा ३४ वटा नियात्रा राखिएको छ भने २१६ पेजमा सजिएको छ । नियात्रा संग्रहको प्रकाशकमा ज्ञान पुर्जा पुन, चाम पुन, निलम गर्वुजा र शेष पुन रहेका छन् ।

नियात्राकार पुनले आफू पहिलेदेखि नै घुम्न मन पराउने व्यक्ति भएकाले घुम्ने क्रममा रहेका स्मरणहरुलाई ताजा गराईराख्न नियात्रा लेख्ने गरेको र त्यसको संकलन गरेर संग्रह बनाएको बताए । ‘नया नया ठाउँ घुम्ने र घुम्दा देखेका कुराहरुलाई लेख्ने गरेकाले नियात्रा जन्मियो’–उनले भने ।

लोकार्पण कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्र विकास लम्सालले पुनको नियात्रा सग्रह ग्रामिण पर्यटनको दस्ताबेज भएको बताए । उनले भने,‘प्रदेश सरकारले ग्रामिण पर्यटनको विकासका लागि काम गरिरहेको छ, यो नियात्राले ग्रामिण पर्यटनको प्रवद्र्धन गर्नुका साथै प्रदेश सरकारलाईपनि सघाउँछ ।’

You might also like

Comments are closed.