पोखरा, १७ बैशाख
पोखरेली युवा पत्रकार त्रिभूवन पौडेलले व्यवसायीक फड्को मारेका छन् । पत्रकारितामा करीब दुई दशक बिताएका पौडेलले ‘राष्ट्रको विकास निर्माणमा गुणस्तरिय सामानको प्रयोग’ भन्ने नारासहित कंक्रिट व्यवसायमा हात हालेका हुन् । यद्वपी उनले पत्रकारिता भने छाडेका होइनन् । व्यवसायसँगै पत्रकारितालाई निरन्तरता दिने उनको भनाई छ । पौडेल पोखरा हटलाइन दैनिकका प्रकाशक÷सम्पादक हुन् ।
पौडेलले युवा व्यवसायी पारसराज गौतमसँग मिलेर एसियन कंक्रिटो प्रालिद्वारा उत्पादित सामग्रीको गण्डकी प्रदेश स्तरिय डिलर ‘पोखरा कंक्रिट कन्सर्न’ सञ्चालन गरेका छन् । विश्वमै सबैभन्दा राम्रो प्रविधि प्रयोग गरेर व्लक उत्पादन गर्ने उपकरण बनाउने जर्मनीको मासा कम्पनीको प्लान्ट राखेर उत्पादित पेभर्स, ब्लक, ईटा, कर्वस्टोन, होलोब्लकलगायतका निर्माण सामग्रीहरुको डिलर लिइएको पौडेलले बताए । उनका अनुसार यसको उद्योग भैरहवाको रामग्राम नगरपालिकास्थित हकुईमा छ ।
एसियन कंक्रिटो प्रालिद्वारा उत्पादित सामग्रीहरुको प्रयोगबाट सडक, पुल, घर, फुटपाथ, पार्किङलगायतमा गर्न सकिने जनाइएको छ ।
एसियन कंक्रिटो प्रालिद्वारा उत्पादित पेभर्स, स्ल्याब, ब्लक, बाटोको किनारमा लगाउने कर्वस्टोनलगायतका सामग्रीहरु हालसम्मकै बलियो भएको दाबी कम्पनीले गरेको छ । सोहि दाबीलाई पुष्टी गर्दै उद्योगका अध्यक्ष मनिष रुङ्खटाले भने,‘ नेपालमा हालसम्म यस्ता सामग्रीहरुको कम्प्रेसिभ स्ट्रेन्थ एम१५÷एम२० मात्र थियो, तर हाम्रो उद्योगले ति सामग्रीहरु उत्पादन गर्दा न्यूनतम कम्प्रेसिभ स्ट्रेन्थ एम३५ हुन्छ, यसलाई उत्पादनहुँदै १५० मेट्रिक टनको प्रेसरले च्यापेर बनाउँछ, त्यसैले यो सबैभन्दा बलियो छ ।’
एसियन कंक्रिटो प्रालिद्वारा उत्पादित निर्माण सामग्रीहरु प्रयोग गरिएको ठाउँमा ८० टनको गाडी गुड्दापनि नफुट्ने÷नचर्किने कम्पनीको दाबी छ । त्यसैले यी सामग्रीहरु पार्किङ, सडक, आगन, प्राङ्गण, वेयरहाउस, मल, व्यापारिक भवन, होटल तथा रिसोर्टको बाहिरी सजावटमा पनि प्रयोग गर्न सकिने उद्योगका अध्यक्ष रुङ्खटाले बताए । टिकाउको हिसाबले पनि यो लामोसम्म टिक्ने उनको भनाई छ । कर्व स्टोनको प्रयोग गरेर बनाइएको सडक परम्परागत रुपमा बनाइदै आएको पिच सडक भन्दा बलियो र दिगो हुने कम्पनीको दाबी छ । एक पटक बनाएको सडक २०÷२५ वर्षसम्म केहि नहुने कम्पनीको भनाई छ ।
उत्पादित वस्तुहरु वातावरणमैत्री रहेको कम्पनीले बताएको छ । कम्पनीका अध्यक्ष रुङ्खटा भन्छन्,‘यी सामग्रीहरुमा पानी सोस्ने क्षमता हुन्छ, जमिन मुनिको भाग चिसो राखिराख्छ, जति पानी परेपनि चिप्लिने डर हुँदैन ।’
स्वदेशी उत्पादन र जर्मनी प्रविधिको प्रयोग गरेर उत्पादित सामग्रीको माध्यमबाट देश विकासमा सघाउने उद्धेश्यले यसको डिलर लिएको डिलर सञ्चालक पौडेलले बताए । उनले भने,‘नेपालमा हुने ढिला सुस्ती, निर्मित भवन तथा पुलहरु चाँडै भत्किनेलगायत देखेर त्यसको विकल्प दिन सकिन्छ भन्ने निश्कर्षसहित यस व्यवसायमा हात हालेको हुँ ।’ उनले हालसम्म निर्माण सामग्रीको अभाव र बनेको केहि समयमै भत्किने समस्या प्रशस्त देखिएकाले आफूहरुले ल्याएको सामान सजिलै उपलब्ध हुने भएकाले गण्डकी प्रदेशको विकासमा तिव्रता र चाँडै नभत्किने भएकाले दीगोपन आउने विश्वास व्यक्त गरे ।
पोखरा कंक्रिट कन्सर्नले कर्वस्टोनको प्रयोग गरेर पोखरा महानगरपालिकालाई निःशुल्क पार्किङ बनाइदिएको छ । बनाइएको पार्किङ शुक्रबार पोखरा महानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । ग्रहणपछि महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पार्किङ सुन्दर र आकर्षक देखिएको बताए । महानगरको हेभी गाडी पार्किङ गराउँदापनि केहि नभएको बताउँदै उनले भने,‘अहिले सबै ठीक छ, हेर्दा राम्रो र आकर्षक छ, गाडी पार्किङ गर्दापनि कहिंकतै चर्किएको वा फुटेको छैन, तर यसको दिगोपनाबारे भने अहिल्यै भन्न हतारो हुन्छ ।’ पोखरा कंक्रिट कन्सर्नका सञ्चालक पौडेलले दिगोपनाबारे शंका नगर्न आग्रह गरे । उनले भने,‘जति आकर्षक देखिएको छ, त्यतिनै बलियो पनि छ र दीगोपनि हुन्छ ।’ उनले आफ्नो व्यवसायीक यात्रा शुरु भएको भन्दै सहयोगका लागि सबैलाई आग्रह गरे ।
Comments are closed.