पत्रकार पौडेल सम्मानित

दमौली, २४ मंसिर

व्यास क्षेत्रको प्रचारप्रसारका लागि पत्रकारिताका क्षेत्रबाट योगदान दिएको भन्दै दमौली खबर दैनिकका कार्यकारी सम्पादक पवन पौडेल सम्मानित भएका छन् ।

वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले व्यास गुफा क्षेत्रमा आयोजना गरेको ‘व्यासप्रज्ञा’ स्मारिका विमोचन समारोहमा अन्नपूर्ण पोष्ट दैनिकका तनहुँ संवाददाता तथा दमौली एफएमका स्टेशन इञ्चार्जसमेत रहेका पौडेललाई सम्मानित गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि प्राडा ढकाल तथा व्यास पराशर अन्न क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबाले सम्मान गरेका हुन् ।

कार्यक्रममा तनहुँ टेलिभिजनका श्रीहरि पौडेल तथा स्वतन्त्र पत्रकार संघका अध्यक्ष अञ्जनराज न्यौपानेलाई पनि पत्रकारिताका क्षेत्रबाट योगदान गरेको भन्दै सम्मानित गरियो ।

कार्यक्रममा व्यास क्षेत्रको प्रचारका लागि सञ्चालित १८ महिने अखण्डकीर्तन कार्यक्रममा सघाएको भन्दै व्यास पराशर अन्न क्षेत्रका प्रमुख संरक्षक दामोदर बाबा, गोविन्द बाबा, स्मारिकाका सम्पादकमण्डल सदस्य धनञ्जय भण्डारी, नरहरि पण्डित, प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीलगायत विभिन्न भजनकीर्तन समूहलाई सम्मान गरिएको थियो ।

You might also like

Comments are closed.