पत्रकार महासंघको आयोजनामा आधारभूत पत्रकारिता तालिम

आर्थिक आवाज
पोखरा, २४ असोज । पोखरामा बुधबारदेखी आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा भएको तालिममा पोखराका विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा पत्रकारिता क्षेत्रमा रुची भएका ४५ जना सहभागि छन् ।

पहिलो दिन प्रशिक्षकहरु बद्रीविनोद प्रतीकले पत्रकारिताको इतिहास, शोभाकान्त सिग्देलले आमसञ्चार माध्यम र प्रकार, केशवशरण लामिछानेले समाचार लेखन तथा सन्तोष पोखरेलले समाचार र यसको महत्वको विषयबस्तुका बारेमा ज्ञान दिलाए । तालिम २६ गतेसम्म सञ्चालन हुनेछ ।

पत्रकारितामा रुची भएका व्यक्तिहरुलाई पत्रकारिताको आधारभूत ज्ञान दिलाई समाचार लेख्न सक्षम बनाउने उद्देश्यले तालिम आयोजना गरिएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार वि.स. २०७५ साललाई महासंघले तालिम वर्ष घोषणा गरेकाले यसपछि पनि विभिन्न विधामा तालिमहरु सञ्चालन हुनेछ ।

You might also like

Comments are closed.