पत्रकार महासंघको विधान अधिवेशनको तयारी पुरा, देशभरका पत्रकार पोखरा आउँदै

आर्थिक आवाज

पोखरा, ८ फागुन । नेपाल पत्रकार महासंघको साधारणसभा तथा विधान अधिवेसनको तयारी पुरा भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रको आयोजना तथा कास्की शाखाको व्यवस्थापनमा फागुन ९ र १० गते पोखरामा साधारणसभा हुँदैछ । साधारणसभाको सम्पूर्ण तयारी पुरा भएको बुधबार आयोजित पत्रकार सम्मेलनमा शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

देश भरबाट १ हजार ४ सय केन्द्रीय सभासदहरु कार्यक्रममा सहभागी हुने बताइएको छ । अधिवेसनको लागि पोखरामा पर्यटकीय स्तरीय होटलका करिब ६ सय ५० रुममा व्यबस्थापन भइसकेको छ । कार्यक्रम सफल पार्न विभिन्न २७ वटा उपसमितिहरुले आ–आफ्नो जिम्मेवार वहन गरेका छन् ।

बिहीबार साधारणसभाको उद्घाटन प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराको प्रमुख आतिथ्यतामा हुँदैछ । साधारणसभाको पूर्व सन्ध्यामा बिहीबार पोखरामा सृजनाचोकबाट नौमती बाजागाँजा सहित झाँकी प्रर्दशन गरिने भएको छ । कार्यक्रममा करिब १० जनजातिको झाँकी प्रदर्शन गर्ने तयारी गरिएको महासंघ कास्कीका उपाध्यक्ष विमला भण्डारीले जानकारी दिइन् ।

कार्यक्रमको अवसरमा गण्डकी प्रदेश सरकारको आन्तरिक पर्यटन वर्ष २०१९ घोषणा गरिने महासंघ कास्कीका सचिव रामप्रसाद तिमिल्सिनाले जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले देश पुनः संरचनामा गएसंगै महासंघमा पनि पुनः संरचनाको खाका अधिवेसनले तयार गर्ने बताए । श्रमजीवी पत्रकारको मुद्धामा नझुक्ने उनको प्रतिबद्धता छ । श्रमजीवी ऐन कान्वयन गराउने तर्फ उन्मुख भएको अध्यक्ष आचार्यले बताए ।

राज्यले संरक्षण नीति बनाउन अधिवेसनले शाखा बनाउने बताउदै अध्यक्ष आचार्यले स्वरोजगार मुलक मिडिया बनाउने तर्फ उन्मुख हुने बताए । ‘प्रेस स्वतन्त्रता बिरोधी कानुन बनेमा सघर्ष गर्ने छौं,’ उनले भने, ‘पत्रकारले आन्तरिक रुपमा पश्केका समचार सामग्रीको बारेमा स्वयम नियमन आफै गर्ने गर्नुपर्छ ।’ अरुले हस्तक्षेप गर्न नपाउने गरी महासंघको संस्थागत विकास र शाखा बजमुद पार्न खाका तयार गर्ने लगायतका योजना बनाउने उनले बताए । अधिवेशनले निर्वाचन प्रणाली मार्फत एकै दिनमा जिल्ला, प्रदेश, केन्द्रीय अधिवेशन हुने गरी अधिवेशनको मुख्य मुद्धा रहने भएको छ । कार्यक्रम सम्पन्न गर्न करिब ६० लाख खर्च लाग्ने बताइएको छ ।

You might also like

Comments are closed.