पत्रकार महासंघत तनहुँको साधारण सभा सम्पन्न

मंसिर २८,तनहुँ ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखाको वार्षिक साधारण सभा शुक्रवार दमौलीमा सभा सम्पन्न भएको छ । साधारण सभा गण्डकी प्रदेशका आन्तिरक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै चुमानले पूर्ण प्रेस स्वतन्त्रता प्रति सरकार प्रतिबद्ध रहेको बताए । चुमानले मुलुकी देवानी संहिता २०७४मा उल्लेख भएका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयप्रति पत्रकारहरु बढी आतंकित हुन नपर्ने बताए । असामाजिक काम रोक्ने र भ्रष्टाचारमुक्त समाज तथा पारदर्शीताका लागि पत्रकारहरुले शसक्त भएर कलम चलाउनुपर्नेमा उनले जोड दिए ।  संघीयता सफल बनाउने जिम्मेवारी सबैको भएको चर्चा गर्दै चुमानले संघीयतको सही कार्यान्वयनले मात्र देशको भविष्य सुन्दर हुने बताए ।  त्यसैगरी जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पत्रकारले निर्धक्क समाचार लेख्ने वातावरण नभए लोकतन्त्र खतरामा पर्ने बताए ।  तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले इमान्दारितापुर्वक, निष्पक्ष, बिनापुर्वाग्रही ढङगबाट सत्य तथ्य समाचार प्रवाह गरेर जनतालाई सुसुचित बनाउनु पत्रकारको कर्तव्य भएको बताए ।
पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, पूर्व अध्यक्षहरु प्रदीप काफ्ले, प्रेमप्रसाद पौडेल, प्रकाशचन्द्र भट्टराई, डम्बर अधिकारी, नेपाल वार एशोशिएसन तनहुँका पूर्व अध्यक्ष शिवदत्त ढकाल, दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदिपराज अधिकारी, पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य गोरा मियाँ, रविना ढकाल, अञ्जना तिमल्सेना,बन्दीपुर एमएमका स्टेशन म्यानेजर अमर नहर्की, रिपोर्टस क्लबका अध्यक्ष मदन वाग्ले, फोनिज तनहुँका निवर्तमान अध्यक्ष राज श्रेष्ठ, सञ्चारिका समूह तनहुँकी अध्यक्ष सन्तोषि श्रेष्ठ लगायतले आ–आफ्नो धारण राखेका थिए ।  साधारण सभाले सचिव उज्वल पौडेलको साङ्गठनिक र कोषाध्यक्ष प्रताप रानाको आर्थिेक प्रतिवेदन पास गरेको

You might also like

Comments are closed.