पत्रकार महासंघ कास्कीको १४ औँ साधारणसभा विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न

पोखरा, ७ मङ्सिर ।

नेपाल पत्रकार महासंघ कास्की शाखाको १४ औँ साधारणसभा समसामयिक विभिन्न प्रस्ताव पारित गर्दै शुक्रबार सम्पन्न भएको छ ।
साधारणसभाले संविधानमा उल्लेखित प्रेस स्वतन्त्रताको पूर्ण प्रत्याभूति गराउनुका साथै स्वतन्त्रता संकुचित पार्ने कुनै पनि काूनन जारी नगर्न सरकारसँग माग गरेको छ ।

त्यस्तै हालै जारी भएको न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा कार्यान्वयन गर्न ,स्थानीय र प्रादेशीक तहका कार्यालयका सूचना तथा कार्यक्रम विवरण स्थानीय सञ्चारमाध्यममा प्रकाशन प्रसारण गर्न महासंघले पहल गर्ने, पत्रकारको वृत्ति विकासको लागि आवश्यक तालिम, अध्ययन, अनुसन्धानका लागि प्रदेशस्तरमा आमसञ्चार अध्ययन प्रतिष्ठान सञ्चालन गर्न सम्बन्धित सरकारको गम्भीर ध्यानाकर्षण गराउने र प्रादेशिक स्तरमै सूचना तथा प्रविधि विभाग, सूचना आयोग र प्रेस काउन्सिलका कार्यालय स्थापना गर्न माग साधारणसभाले गरेको छ ।

समाचार प्रकाशनका गरेकै कारणबाट पत्रकारमाथि हुँदै आएका दुव्र्यवहारपूर्ण क्रियाकलापमा संलग्नलाई कारवाही गर्न, महिला, आदिवासी, जनजाति, अल्पसंख्यक लगायतलाई न्युजरुममा समावेश गराउन माग गर्ने, महासंघको केन्द्रीय साधारणसभा पोखरामा गर्न माग गर्ने तथा सदस्यता शुद्धीकरण र केन्द्रिकृत निर्वाचन प्रक्रियालाई परिमार्जन गरी संघीय संरचनामा जान महासंघ केन्द्रसँग माग गर्ने निर्णय गरिएको महासंघका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

साधारणसभाको उद्घाटनसत्रमा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पत्रकारिताको विकासका लागि महानगर साझेदारी गरेर अघि वढ्न तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले महानगरलाई स्मार्ट बनाउने लक्ष्य राखिरहदा पत्रकारिता पनि स्मार्ट हुुनुपर्ने भन्दै सञ्चारमाध्यम, तथा सञ्चारकर्मीको हितको लागि महानगरले २५ लाख रुपैयाँ राशीको पत्रकार बृत्ति कोष स्थापना गरिएको बताए ।

पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले न्यूनत पारिश्रमिक लागू नगर्ने सञ्चारमाध्यम चलाउनुको कूनै अर्थ नरहेको जिकिर गर्दैै सञ्चारकर्मीले पनि नियुक्ती पत्र नपाएसम्म काम शुरु नर्गन आग्रह गरे । महासंघको अवको लक्ष्य तथा उद्देश्य तय गर्ने उद्देश्यले महासंघले पुसको पहिलो साता विराटनगरमा नीतिगत सम्मेलन आयोजना गर्न लागेको जानकारी दिँदै त्यसबाट पत्रकारितका विविध विषयहरुमा छलफल हुने भनाई अध्यक्ष आचार्यको छ।
पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवालीले निर्वाचित भएको छोटो समयमै कास्की शाखाले आफ्ना गतिविधीहरुमा तीव्रता दिएको र देशमै नमूना शाखाको रुपमा स्थापित भएको धारणा राखे ।

कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रिय सदस्य राजकाजी गुरुङ, गण्डकी प्रदेशसभा सदस्यद्धय रामजीप्रसाद बराल, ईन्द्रधारा विष्ट, कास्की शाखाका पूर्व अध्यक्ष बद्रीविनोद प्रतीक, महासंघका उपाध्यक्ष विमला भण्डारी, सचिव रामप्रसाद तिमिल्सिना लगायतले बोलेका थिए । साधारणसभाले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन छलफल सहित पारित गरेको छ ।

साधारणसभाको अवसरमा महासंघको भौतिक विकास तथा विभिन्न माध्यमबाट सहयोग गर्ने व्यक्ति तथा संस्थाहरु गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङ, इन्द्रधारा विष्ट, नेपाल पर्यटन बोर्ड, हरियो वन नेपाल, बावा फाउन्डेशन, एनआईसी एशिया बैंक, पत्रकार राजु भण्डारी, सुदर्शन रञ्जित, होटल टाईम्स, गण्डकी मेडिकल कलेज, गणेशबहादुर श्रेष्ठ, गणेशबहादुर थापा, सन्तोष घिमिरे, रमेश थापा, पोखरा ईन्टरनेट, रामचन्द्र शर्मा र विष्णु चापागाईलाई सम्मान गरिएको छ ।

You might also like

Comments are closed.