पत्रकार महासंघ ४ नम्बर प्रदेशको सपथ तथा पदस्थापन

पोखरा, २३ वैशाख ।

नेपाल पत्रकार महासंघ, ४ नम्बर प्रदेशको सपथ ग्रहण तथा पदस्थापन कार्यक्रम आइतबार सम्पन्न भएको छ । पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै दाहालले देशको सम्बृद्धि तथा विकासको लागि सबै मिल्नुको विकल्प नभएको धारणा राखे । नेपालको पत्रकारितालाई माथि उठाउन आफू प्रधानमन्त्री हुँदा लोककल्याणकारी विज्ञापनलाई दोब्बर बनाएको स्मरण गर्दै उनले आफू सधैं प्रेस स्वतन्त्रताको पक्षमा उभिने बताए ।

jutta mela

निर्वाचन समितिका अध्यक्ष सुरेन्द्र थापामगरको अध्यक्षतामा आयोजित कार्यक्रममा ४ नम्बर प्रदेशका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्साल, नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुली, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ ४ नम्बर प्रदेशका नवनिर्वाचत अध्यक्ष त्रिभुवन पौडेल, पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

You might also like

Comments are closed.