पत्रकार महासङ्घलाई क्यान महासङ्घको सहयोग

तनहुँ, फागुन ५
कम्प्युटर एशोसिएसन महासङ्घ (क्यान) गण्डकी प्रदेशले नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको निर्माणाधीन भवनका लागि आर्थिक सहयोग गरेको छ । क्यानले महासङ्घको भवनका लागि दश हजार पाँच रुपैयाँ सहयोग गरेको हो ।

उक्त रकमको चेक आइतबार क्यान गण्डकी प्रदेशका अध्यक्ष चिन्तामणि बास्तोला, उपाध्यक्ष तुलसीराम पाण्डे, कास्की शाखा अध्यक्ष युवराज पौडेलले संयुक्त रुपमा पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्य र उपाध्यक्ष नारायण खड्कालाई प्रदान गरेका छन् ।
पत्रकार महासङ्घ सबैको साझा संस्था भएकोले भवन निर्माणमा सानो सहयोग गरिएको एशोसिएसनका प्रदेश उपाध्यक्ष तुलसीराम पाण्डेले बताए । पत्रकार महासङ्घ तनहुँका अध्यक्ष ओमकार आचार्यले शाखाको भवन निर्माणका लागि विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरुले सहयोग गरिरहेको जानकारी दिए ।

You might also like

Comments are closed.