पत्रकार राजाराम पौडेल सम्मानित

पोखरा । पोखराका रंगपत्रकार राजाराम पौडेललाई शनिबार सम्मान गरिएको छ । इभेन्टस् फर यु प्रालि र सारेगम इन्टरटेनमेन्ट हाउसको सहकार्यमा आयोजित छैटौं संस्करणको मिस एसइई पोखरा २०१९ को अन्तिम प्रतिष्पर्धा तथा द ग्राण्ड कन्र्सट एण्ड एजुकेशन फेयर २०७६ को अवसरमा उनलाई सम्मानित गरिएको हो ।

कान्तिपुर पब्लिकेसन्स प्रालिमा आवद्ध पत्रकार पौडेललाई रंगपत्रकारिताको माध्यमबाट रंगक्षेत्रलाई प्रर्वद्धन र संर्वद्धन गर्न योगदान दिएको भन्दै नगद १० हजार ५ सय सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको हो । उनलाई कर्णप्रिय स्वरका धनी कर्णदास, कार्यक्रम संयोजक सुशिल नेपाली र इभेन्टस फर युका अध्यक्ष विशाल गुरुङले सम्मान गरे ।

चलचित्र पत्रकारसंघ कास्कीका उपाध्यक्ष तथा नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका सचिव समेत रहेका पौडेल विगत १५ वर्षदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल छन् । उनी रेडियो अन्नपूर्णमा समेत आवद्ध छन् । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उपाध्यक्ष विमला भण्डारीसहित आयोजक संस्थाका विशाल गुरुङ, सुशील नेपाली सहितको छनोट समितिले सिफारिस गरेको हो । पत्रकार पौडेलल मनोरञ्जनका अलावा युवा तथा बालबालिकाको क्षेत्रमा कलम चलाउँछन् ।

सोही कार्यक्रमका अवसरमा एचआइभी सक्रमित भएर विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर किर्तिमानी राख्न सफल गोपाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । फिनेफी इभेन्ट म्यानेजमेन्ट समूहको आयोजनामा भएको द ग्राण्ड कन्र्सट एण्ड एजुकेशन फेयरमा विद्यार्थी, अभिभावक, शैक्षिक परामर्शदाता संस्था, शिक्षा प्रदायक संस्थाहरुले अवलोकन गरे । उनीहरुलाई विभिन्न शैक्षिक परामर्श केन्द्रका प्रतिनिधिले वैदेशिक अध्ययनको विषयमा जानकारी गराए ।

एजुकेशन फेयर विगत भन्दा फरक र उपलब्धीमूलक आयोजक सँस्थाका प्रवन्धक बालचन्द्र परियारले बताए । फेयरमा पुग्नेहरु शैक्षिक परामर्श सहित म्युजिकमा रम्न पाए । सारेगम इन्टरटेन्मेण्ट हाउसको सहकार्यमा भएको फेयरको प्रमुख आर्कषणको रुपमा गायक कर्णदासको प्रस्तुती रहेको थियो । यसका अलावा विभिन्न साँगीतिक तथा नृत्य प्रस्तुतीले रौनकता थप्यो ।

You might also like

Comments are closed.