पत्रकार साही र मर्सानी सम्मानित

आर्थिक आवाज
पोखरा, १२ माघ । कास्की जिल्ला स्तरीय प्रथम सृजना कप सामुदायिक मावि छात्र÷छात्रा भलिवल प्रतियोगिताको अवसरमा २ जना सम्मानित भएका छन् ।

कास्की जिल्ला भलिवल संघ र सृजना विकास केन्द्रको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन भलिवल खेलको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको भन्दै पत्रकार नारायण साही र भलिवल खेलको विकासमा योगदान दिएको भन्दै र क्षेत्रीय खेलकुद विकास समितिका प्रशिक्षण विभाग प्रमुख विद्या मर्सानीलाई सम्मान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी, प्रदेश सभा सदस्य राजिव पहारीलगायतले पत्रकार साही र मर्सानीलाई दोषल्ला, माला र सम्मान पत्रले सम्मान गरेका हुन् । सम्मानित साही आदर्श समाज राष्ट्रिय दैनिक र गण्डकी मिडिया हाउसमा कार्यरत छन् ।

MANASLU

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...