पदाधिकारीको नियुक्ति टुँगो नलाग्दै महिला आयोगलाई पाँच नयाँ गाडी

काठमाडौं, २२ माघ । डेढ वर्षदेखि पदाधिकारीविहीन महिला आयोगमा नयाँ नियुक्ति अझै भएको छैन । नियुक्ति कहिले हुने भन्ने टुंगो पनि लागिसकेको छैन । तर नयाँ आउने पदाधिकारीका लागि भन्दै पाँचवटा गाडी किनिसकिएको छ ।

मर्मत सम्भार गरी प्रयोग हुन सक्ने गाडी मर्मत गर्न र मर्मत हुन नसक्ने गाडीको तत्काल लिलामी प्रक्रिया अघि बढाउन प्रधानमन्त्री कार्यालयले दिएको निर्देशन उल्लंघन गर्दै गाडी खरिद गरिएको हो । त्यतिमात्र होइन, पदाधिकारीका लागि भनी खरिद गरिएको गाडी स्वयं कर्मचारीले प्रयोग गर्दै आएका छन् ।

पदाधिकारीको लागि भनी खरिद गरिएका ५ गाडीमध्ये सबैभन्दा महँगो गाडी आयोगका सचिव अनिल ठाकुरले प्रयोग गर्दै आएका छन् । अन्य चारवटा गाडी सिंहदरबारस्थित आयोगका कार्यालय परिसरमा प्रयोगविहीन अवस्थामा छन् । नयाँ गाडी खरिद गर्न गत मंसिरमा ३ करोड रुपैयाँ आयोगलाई निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ । आजको नागरिक दैनिकमा भुवन शर्माले समाचार लेखेका छन् ।

You might also like

Comments are closed.