पद्म नर्सिङ बचत तथा ऋण सहकारीमा  पौडेल

पोखरा, २८ पुस ।

पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः जितेन्द्र पौडेल चयन भएका छन । पोखराको न्युरोडमा कार्यलय रहेको पद्म नर्सिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं साधारणसभा एवं तेस्रो अधिवेशनले पुनः पौडेललाई अध्यक्षमा निर्बिरोध चयन गरेको हो ।संस्थाको उपाध्यक्षमा लक्ष्मी कुँवर, सचिवमा कृष्ण आचार्य र कोषाध्यक्षमा नरेश पौडेल निर्बिरोध चयन भएका छन ।त्यसैगरी सदस्यहरुमा नरेन्द्र बास्तोला, होमनाथ पौडेल, डिल्लीराम शर्मा, अञ्जना थापा, कालिदाश शर्मा निर्वाचित भएका छन ।

अधिवेशनबाट संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा राम बिनोद महतो, सदस्यहरुमा बिकाश भट्टराई र पुर्णकुमारी गुरुङलाई चयन गरिएको छ । त्यस्तै ऋण लगानी उपसमिति सदस्यहरुमा धन प्रसाद रेग्मी र हिरा बहादुर आले चयन भएका छन । शिक्षा उपसमिति सदस्यहरुमा लक्ष्मी शर्मा र प्रतिभा परियारलाई चयन गरिएको छ । ऋण लगानी उपसमिति, शिक्षा उपसमितिका संयोजक र सल्लाहकारहरु कार्यसमितीको पहिलो बैंठकले चयन गर्ने संस्थाले जनाएको छ । पत्रकार गिता राना मगर संयोजक र माधब श्रेष्ठ सदस्य रहेको निर्वाचन कमिटिले निर्वाचन सम्पन्न गराएको हो । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई निर्वाचन कमिटीका संयोजक राना मगरले सफत गराएका थिए ।

साधारण सभाको उद्घाटन गर्दै पत्रकार महासंघ कास्कीका कार्यसमिती सदस्य एवं एविसी न्युज टेलिभिजनका पोखरा संवाददाता गिता राना मगरले सहकारीले उत्पादन संगै वेरोजगार युवाहरुलाई रोजगारी समेत सिर्जना गर्दै आइरहेको बताइन् । सहकारीले स्वास्थ्यको क्षेत्रमा पनि लगानीलाई गर्न सके स्वास्थ्य सेवा सवैको पंहुचमा सहजै पुग्ने उनको भनाइ थियो ।

सहकारीले आफ्नो क्षेत्रलाई अझै विस्तार गरेर शेयर सदस्यको जीवनस्तर उकास्नका निम्ती हाइड्रोपावर, विकास निर्माण, उद्योग कलकारखानाका साथै कृषि उद्योगमा पनि लगानी गर्न आवश्यक रहेको उनले बताइन् ।

कार्यक्रममा वोल्दै संस्थाको ऋण लगानी उपसमितिका संयोजक नरेन्द्र बास्तोलाले विकासको निम्ती हरेक गाउ टोलमा सहकारी स्थापना गर्न जरुरी रहेको बताए ।

सहकारीका अध्यक्ष जितेन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारीका उपाध्यक्ष लक्ष्मी कुँवर, का्ेषाध्यक्ष एवं ब्यवस्थापक नरेश पौडेल, शिक्षा उपसमिती सदस्य अञ्जना थापा, साधारण सेयर सदस्यहरु कमला गिरी र रामबिनोद महतो लगायतले वोलेका थिए ।

You might also like

Comments are closed.