पराशर क्षेत्रमा सञ्चालित शिवापुराण ज्ञान महायज्ञ समापन

आर्थिक आवाज

तनहुँ  १८,पुस ।
तनहुँको व्यास –५ वेनीपाटन स्थित पराशर क्षेत्रमा यही पौष १० देखि सञ्चालित शिवपुराण ज्ञान महायज्ञ सम्पन्न भएको छ । पराशर संरक्षण समितिद्धारा पराशर क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको माध्यमबाट परिचित गराउने , वैदिक सनातन धर्म संस्कृति र संस्कृत विद्याको संरक्षण तथा सम्वद्र्धन गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको समितिका अध्यक्ष ताराप्रसाद श्रेष्ठले जानकारी दिए ।

महायज्ञमा लगभग ६ लाख रकम संकलन भएको अनुमान गरिए पनि एकिन आयव्यय केही दिनपछि पत्रकार भेटघाट गरी सार्वजानिक गर्ने समितिले जनाएको छ । संकलित दानबाट आश्रममा सञ्चालित गुरुकुल शिक्षाको स्तरोन्नति एवम् सुदृढीकरण गर्ने बताइएको छ ।

त्यस्तै आश्रम परिसरमा निर्माणाधीन प्यागोडा शैलीको शिव मन्दिरलाई प्राचीन नेपाली काष्ठकलाले सजाउँदै छानामा तामा÷पित्तल राखी गजुरमा सुनको जलप लगाई पुर्णता दिने समितिले जनाएको छ । पशुपतिनाथ मन्दिरकै शैलीमा निर्माण हुने उक्त शिव मन्दिर ७५ लाखको लागतमा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

मन्दिर निर्माण कार्य सम्पन्न भएपछि शिवालय परिसरमा शिवपाञ्चायन देवताहरु स्थापित गराई हनुमान र सरस्वतीको मूर्ति स्थापना गरिने बताइएको छ ।

महायज्ञ मुल आयोजक समितिको सहसंयोजक लोचना आलेको अध्यक्षततामा आयोजित समापन कार्यक्रममा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास पराशर क्षेत्रलाई धार्मिक तथा संस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने बताए । दमौलीको विकास व्यास र पराशर क्षेत्रको विकाससँग जोडिएको चर्चा गर्दै दमौली क्षेत्रको विकासका लागी पराशर क्षेत्रलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न आवश्यक रहेको न्यौपानेको भनाइ थियो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले महायज्ञले धार्मिक पर्यटन प्रवद्र्धनमा मदत पुगेको बताए । पराशर ऋषि र प्राचीन पुरातात्विक धरोहरलाई जीवन्त पार्ने गरी संग्रहालय बनाउनुपर्ने शर्माले धारणा व्यक्त गरे ।

कार्यक्रममा व्यास ५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले त्यस क्षेत्रको विकासको लागी वडाको तर्फबाट सधैं सकारात्मक सहयोग रहने बताए कार्यक्रममा व्यास ५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले त्यस क्षेत्रको विकासको लागी वडाको तर्फबाट सधैं सकारात्मक सहयोग रहने बताए

व्यासका अध्येयता काशीनाथ न्यौपानेले आध्यामित्क चेतना प्रचारप्रसार गर्दै नैतिक संस्कार र संस्कृृति भावि पुस्तामा हस्तान्तरण गर्नु अहिलेको मुख्य दायित्व भएको बताए । मानिसमा नैतिक क्षमता र आध्यामित्क चेतना बढाउन पनि बेलाबेलामा यस्ता ज्ञान महायज्ञ आयोजना गर्नुपर्ने न्यौपानेको भनाइ थियो ।

You might also like

Comments are closed.