आर्थिक आवाज
परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको अध्यक्षमा पुनः दीपक तिमिल्सिना निर्वाचित भएका छन् । शनिबार पोखरामा भएको सातौं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत नयाँ सञ्चालक समिति चयन गरेको हो ।
उपाध्यक्षमा यदुनाथ बञ्जारा, सचिवमा बलराम बडाल, कोषाध्यक्ष उमा सापकोटा चयन भएका छन् । सदस्यमा देवप्रताव अग्रहरी, खुमलाल डुम्रे, झलककुमारी थापा चयन भए । लेखासमिति संयोजकमा छबिलाल अधिकारी तथा सदस्यमा रस्मी कोइराला न्यौपाने र खेमराज पौडेल चयन भएका छन् ।
साधारणसभाले अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखासमितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
पत्रकार सुवेदीलाई सम्मान
उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकार गोविन्द सुवेदीलाई साधारणसभाको अवसरमा सम्मान गरिएको छ । उत्कृष्ट कारोबार गर्ने सेयर सदस्य, कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव अच्युत प्रसाद ढकालको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारी, पोखरा महानगरपालिका सहकारी विभाग प्रमुख तेजनारायण अधिकारी, बचत तथा ऋण सहकारी संघ कास्कीका कोषाध्यक्ष नारायण प्रसाद आचार्य लगायतले बोलेका थिए ।
Comments are closed.