पर्यटकीयस्थलका फोटो प्रदर्शनी

 

पोखरा, १३ बैशाख

‘आजको अनिवार्यता, सशक्त व्यावसायिक फोटो पत्रकारिता’ नाराका साथ शुक्रबार राष्ट्रिय फोटो पत्रकारिता दिवसका अवसरमा गण्डकी प्रदेशस्तरीय फोटो प्रदर्शनी गरिएको छ ।

नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाको आयोजना र पर्यटन बोर्डको प्रवद्र्धनमा गण्डकी प्रदेशका पर्यटकीय गन्तव्यका ५० वटा फोटो फेवाताल किनारको बाराहीचोकको खुला सडक पेटीमा प्रदर्शनी गरिएको हो ।

प्रदर्शनीमा गण्डकी प्रदेशका ११ जिल्लाका फोटाहरु राखिएको हो । माछापुच्छ्रे, अन्नपूर्ण, मुस्ताङ, मनाङ, पोखरा, लमजुङ लगायतका पर्यटकीय स्थलका फोटाहरु आकर्षणमा रहेका थिए । फोटो पत्रकार कृष्णमणि बराल, राम गुरुङ, अशेष शाक्य, प्रदीप पौडल, इन्द्र पौडेल, उमेश पुन, नारायण आचार्य, दुर्गा पौडेल, राधिका कंडेल, सञ्जय श्रेष्ठ, सुरज श्रेष्ठ, ओम लामा, सागरराज तिमिल्सिना, दीपक परियार लगायत १४ जनाले खिचेका फोटोहरु प्रदर्शनीमा राखिएको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका सचिव कृष्णमणि बरालले बताए ।

ती तस्वीरले हिजो र आजको गण्डकी प्रदेशको झल्को दिएको छ । एकै थलोमा गण्डकी प्रदेशलाई नियाल्न सकिने भएकोले धेरैको मन जितेको थियो । तालबाराही मन्दिर दर्शन गर्न आउने समेतले तस्वीरमार्पmत गण्डकी प्रदेशको एकै पटक अवलोकन गर्न पाए । प्रदर्शनीमा राखिएका फोटोमध्ये उपल्लो मुस्ताङ, मनाङ, पोखराको हेमजा, फेवाताल, सूर्योदय, सराङकोट, भेंडाबारीको फोटोमा धेरैको आँखा गडेको थियो । सो प्रदर्शनी करिब ८ हजार जनाले अवलोकन गरेको नेपाल फोटो पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष राम गुरुङले बताए ।

गोरखापत्रमा पहिलो पटक फोटो छापिएको दिनलाई नै नेपालमा राष्ट्रिय फोटो पत्रकारीता दिवस मनाउने गरिएको छ । प्रदर्शनीको सञ्चारउद्यमी रामेश्वर खनाल, पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेल, नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आले, पोखराका पुराना फोटो पत्रकार विश्व शाक्य, नेपाल पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलिया लगायतले संयुक्त उद्घाटन गरेका थिए ।

You might also like

Comments are closed.