पर्यटकीय शहर पोखरामा नमस्ते एजुकेशन सर्भिसेसको शाखा

 

पोखरा, १५ साउन

दुवै हातका दश औंला जोडेर नमस्ते गरेको लोगो अङ्कित नमस्ते एजुकेशन सर्भिसेसको शाखा पोखरा न्यूरोडमा पञ्चकन्या सहित प्रबन्ध निर्देशक एवम् एनआरएनए अष्ट्रेलियाका निवर्तमान अध्यक्ष सुरेन्द्र सिग्देलले उद्घाटन गरेका छन् ।

अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको नमस्ते एजुकेशनले काठमाडौं, भरतपुर, बुटबलपछि पोखरामा शाखा कार्यालय स्थापना गरेको हो ।एक्काइस वर्ष पहिले आफू पनि विद्यार्थी भिसामा अष्ट्रेलिया जाँदाको गोता संझेर अबको पुस्तालाई शैक्षिक परामर्श र माइग्रेसनमा सहजीकरण गर्ने उद्धेश्यले आफ्नै होमटाउनमा शाखा खोलेको संस्थाका प्रबन्ध निर्देशक सुरेन्द्र सिग्देलले जानकारी दिए ।

जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका सदस्य एवम् अन्तर्राष्ट्रिय समन्वय संयोजन समितिका संयोजक धु्रवराज चालिसेले ‘उच्चशिक्षाका लागि विदेशको सपना देख्ने पुस्तालाई यस्ता संस्थाले सहजीकरण गर्दै सेतुको काम गर्ने भएकाले विद्यार्थी र अभिभावक दुवैलाई सहयोग पुग्ने बताए ।’

अष्ट्रेलिया मात्र केन्द्रित नमस्तेले पोखरादेखि सिधै सिड्नी जोड्न चाहेको हो । यसवर्षको अक्टोबर÷नोभेम्बर र सन् २०१९ को फेब्रुअरी÷मार्च सेसेनलाई घरैबाट आवेदन दिनका लागि संस्थाले सहजीकरण गर्नेछ ।

अष्ट्रेलियन सरकारकाले नेपाललाई टेबल २ मा राखेको हुँदा सम्भावनाको भूमि भनेर चिनिने अष्ट्रेलियामा उच्चशिक्षा अध्ययन र प्राविधिक दक्ष जनशक्तिको बसाइसराइमा तीव्र चाहना रहेको छ । नेपालबाट जानेहरूका लागि अष्टे«लियामा प्रशस्त अवसर छन् । सन् २००८ मा सिड्नी र काठमाडौंबाट सेवा प्रारम्भ गरेको नमस्तेले अन्तर्राष्ट्रिय श्रम बजारमा योग्य र दक्ष जनशक्ति दिइसकेको छ ।

वेस्र्टन सिड्नी युनिभर्सिटी, फेडरेशन युनिभर्सिटी, सेण्टर क्वीन्सल्याण्ड युनिभर्सिटी लगायतका संस्थासँग नमस्तेको आवद्धताले उच्चशिक्षाको परामर्शमा भरपर्दो र विश्वासिलो वातावरण बनाएको छ । प्राविधिक एवम् दक्ष जनशक्तिको बसाइसराइ र रिसर्च कोर्षका लागि संस्थाले सहजीकरण गरिरहेको काठमाडौं निर्देशक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

सुरेन्द्र सिग्देल स्वयम् माइग्रेसन एजेण्ट रजिष्ट्रेसन अथोरिटीका लाइसेन्स होल्डर हुन् । नेपालबाट जाने अधिकांश विद्यार्थीको चाहना गतिलो काम र आवासीय भिसा प्राथामिकतामा पर्छ । अध्ययनपछि आफुहरुले सही जानकारी र यथोचित परामर्श प्रदान गर्दै आएको दावी गर्छन सिग्देल ।

You might also like

Comments are closed.