पर्यटन, उत्पादन र कृषि कर्जालाई प्राथमिकता दिएका छौं : सिइओ अधिकारी

विश्वमोहन अधिकारी
प्रमुख कार्यकारी अधिकृत
ओम डेभलपमेन्ट बैंक लिमिटेड, चिप्लेढुङगा, पोखरा ।

पोखरामा प्रधान कार्यालय रहेको राष्ट्रियस्तरको ओम डेभलपमेन्ट बैंकले ग्राहकलाई निःशुल्क सि–आश्वा सेवा तथा बिना धितो १५ लाख रुपैयाँसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको छ । साविक सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स मर्जर भएर बनेको बैंकले पुन साविक मनास्लु विकास बैंकसँग पनि मर्जर भयो । यसैक्रममा मर्जरको अनुभव, बैंकको वित्तीय अवस्था, लगानीका क्षेत्र लगायत विविध विषयमा केन्द्रित रहेर बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारीसँग पत्रकार सुरेन्द्र पौडेलले गरेको कुराकानीको सारः

हालको बैंकिङ क्षेत्रलाई कसरी बुझ्नुभएको छ ?

यस चालु आर्थिक वर्षको चैत्र महिनासम्म आइपुग्दा बैंकिङ क्षेत्रमा केही उतार चढाब आए । केही समय क्रेडिट क्रन्च भई निक्षेप आकर्षित गर्न बैंक तथा वित्तीय संस्थाहरुमा प्र्रतिस्पर्धाको अवस्था देखियो । तर, अहिले यो अवस्थामा सुधार आएको छ । आशा गरौं भविष्यमा सरकार तथा स्थानीय निकायहरु मार्फत सरकारी खर्च बृद्धि भई बैंक तथा वित्तीय संस्थाहरुको लागि अझ राम्रो दिन आउनेछ । राजनीतिक मुद्धाहरु टुङ्गो लागेको अवस्थामा आर्थिक क्षेत्रको विकासको लागि बैंकिङ क्षेत्रको योगदान अझै बढ्ने देखिन्छ । करिब कुल ग्राहस्थ उत्पादन (जिडिपी) बराबर नेपालको बैंकिङ क्षेत्रको निक्षेप हुनुले पनि भोलिका दिनमा बैंकिङ क्षेत्रको भविष्य उज्ज्वल देखिन्छ ।

हालको ओम डेभलपमेन्ट बैंकको वित्तीय अवस्था कस्तो छ ?

बैंकले फागुन मसान्तसम्म १८ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरी १६ अर्ब ३२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्मचारी संख्या ४ सय, ग्राहक संख्या करिब २ लाख ३१ हजार छ । ग्राहकहरुलाई निःशुल्क सि–आश्वा सेवा प्रदान गरिरहेको छ भने बिना धितो १५ लाखसम्म प्रोफेसनल कर्जा प्रदान गर्दै आइराखेको छ भने बैंकले ५२ वटा शाखा, एउटा एक्स्टेन्सन काउन्टर र १६ वटा एटिएम मेशिनबाट बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । हालसालै कास्कीको घान्द्रुकमा शाखारहित बैंकिङ सेवा शुरु गरेको छ ।

शाखारहित बैंकिङ सेवाबाट ग्राहकले कस्ताकस्ता सेवा लिन सक्छन् ?

शाखारहित बैंकिङ सेवा मार्फत ग्राहकले बैंकको बायोम्याट्रिक्स ट्याब्लेट मेशिनबाट प्रतिदिन २ लाख रुपैयाँसम्म निक्षेप जम्मा गर्न र १ लाख रुपैयाँसम्म निक्षेप तथा रेमिटेन्सको भुक्तानी लिन सक्नेछन् । मर्चेन्ट पेमेन्ट सुविधा अन्तर्गत डिस होमको रिचार्ज गर्न, मोबाइलको बिल भुक्तानी तथा रिचार्ज गर्न सक्नेछन् भने चाँडै नै बिजुली बत्ती तथा अन्य बिलहरु भुक्तानी गर्ने सुविधा पनि शुरु गर्ने योजना छ । यसका अतिरिक्त ग्राहकले लघुवित्त कार्यक्रम अन्तर्गतका विभिन्न कर्जाहरु तथा बैंकका सम्पूर्ण कर्जाहरुको कर्जा माग फाइल पेश गर्ने तथा बैंकका सम्पूर्ण सेवा सुविधाहरुको जानकारी प्राप्त गर्न सक्नेछन् ।

बैंकका भावी योजनाहरु के–के छन् ?

अहिले हामी नेपाल राष्ट्र बैंकले तोके बमोजिमको राष्ट्रियस्तरको विकास बैंकले पु¥याउनु पर्ने न्यूनतम चुक्त पुँजी २ अर्ब ५० करोड रुपैयाँ भन्दा माथि पु¥याइसकेका छौं । शाखा सञ्जाल बिस्तार गरी ग्राहकहरुलाई सर्बसुलभ तरिकाले सेवा प्रदान गर्ने उद्देश्यले यस आर्थिक वर्षमा हामीले १२ वटा नयाँ शाखा र एउटा शाखा रहित बैंकिङ सेवा खोल्यौं र भविष्यमा पनि शाखा सञ्जाललाई देशभर बिस्तार गर्दै लैजाने र अहिले राष्ट्रियस्तरको विकास बैंक मध्ये उत्कृष्ट मध्येको विकास बैंकमा उभ्याउन सफल ओमलाई भविष्यमा अझ उत्कृष्ट बनाउन हाम्रो प्रयत्न जारी रहनेछ । विशेष गरी यस आर्थिक वर्षमा हामीले प्रवाह गरिने कर्जालाई उत्पादनसंग जोड्ने योजना गरेका छौं ।

मर्जर सम्बन्धमा बैंकको नीति कस्तो छ ?

बैंक साविक सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाइनान्स लिमिटेड मर्ज भई २०७२ चैत्र २२ गते ओम डेभलपमेन्ट बैंक लिमिटेडको नाममा राष्ट्रियस्तरको विकास बैंकको रुपमा कारोबार शुरु गरेको हो । राष्ट्रियस्तरको विकास बैंक भइसकेपछि पनि बैंकले साविक मनास्लु विकास बैंक लिमिटेडसंग मर्ज गरी २०७४ असार २ गते संयुक्त कारोबार गरी सफलतापूर्वक २ वटा मर्जर सम्पन्न गरिसकेको छ । मर्जरमा हाम्रो सुखद अनुभव छ र यसलाई बैंकको दशौं वार्षिक साधारणसभाले समेत खुल्ला राखेको छ । भविष्यमा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थाहरुलाई गाभ्न, गाभिन तथा एक्वायर गर्न साधारणसभाले सञ्चालक समितिलाई अख्तियार प्रदान गरेको छ ।

विश्वमोहन अधिकारी, प्रमुख कार्यकारी अधिकृत, ओम डेभलपमेन्ट बैंक लिमिटेड

अधिकांश राष्ट्रियस्तरका विकास बैंकका प्रधान कार्यालयहरु राजधानीमा छन् । तर, तपाईंहरु पोखरामा नै हुनुहुन्छ । किन ?

हो, अधिकांश राष्ट्रियस्तरका विकास बैंकका प्रधान कार्यालयहरु राजधानीमा छन् । तर, हाम्रो प्रधान कार्यालय पोखरा भएतापनि, अहिले हाम्रो काठमाडौंमा १० वटा शाखा कार्यालयहरु मार्फत राम्रो उपस्थिति छ । तैपनि काठमाडौं देशको मुख्य व्यापारिक केन्द्र भएकाले प्रधान कार्यालय काठमाडौंमा सार्ने विषयमा लामो छलफल पछि हामीले बैंकको गत फागुन २५ गते पोखरामा भएको दशौं वार्षिक साधारणसभाले प्रधान कार्यालय काठमाडौं सार्ने प्रस्ताव सर्वसम्मतीले पारित गरेको छ ।

जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकसंगको सम्झौता कस्तो सम्झौता हो ?

केएफडक्लु जर्मनको सबैभन्दा ठुलो सरकारी बैंक हो । केएफडब्लु डेभलपमेन्ट बैंकसंग भएको सम्झौता अनुसार ओमले ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एरियाज नेपाल’ (क्गकतबष्लबदभि भ्अयलयmष्अ म्भखभयिऊभलत ष्ल च्गचब िब्चभबक, ल्भउब०ि कर्जा लगानी शुरु गरिसकेको छ । सम्झौता अन्तर्गत केएफडब्लुले ओमलाई सम्झौतामा तोकिएको क्षेत्र अन्तर्गत साना तथा मझौला उद्यममा २ लाख रुपैयाँदेखि ४० लाख रुपैयाँसम्मको कर्जा लगानीको गर्न १० वर्षको लागि ३ मिलियन युरो रकम उपलब्ध गराउनेछ । जसमध्ये पहिलो चरणको रकम उपलब्ध गराइसकेको छ । सम्झौता अनुसार केएफडब्लुले ओमलाई यस कार्यक्रमको लागि आवश्यक कर्मचारी तालिम, वृत्ती विकास, शाखा कार्यालय तथा लगानीको सम्भाव्यता अध्ययन कार्यको लागि १ मिलियन युरो रकम सहयोग समेत गर्नेछ । सम्झौता अनुसार कर्जा लगानी शुरु गर्न केएफडब्लु बैंकका प्रतिनिधिहरुले बैंकका विभिन्न शाखाहरुबाट लगानी गरिएका परियोजनाहरु भ्रमण गरी बैंकलाई कर्जा लगानीको लागि रकम उपलब्ध गराएको हो । यो परियोजना अर्थ मन्त्रालय तथा नेपाल राष्ट्र बैंकको स्वीकृतीमा केएफडब्लुले ओमलाई स्वीकृत गरेको थियो । केएफडब्लुले बिगत ३ वर्षदेखि विभिन्न चरण अन्तर्गत बैंकको स्थलगत निरीक्षण तथा वित्तीय विवरणहरुको अध्ययन गरे पश्चात नेपालका बैंक तथा बित्तीय संस्थाहरुमध्ये पहिलो चरणमा ओमलाई सहकार्यको लागि छनौट गरेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले बढी अनुत्पादक क्षेत्रमा लगानी गरेको देखिन्छ । यहाँहरुको बैंकको सन्दर्भमा कस्तो छ ?

कुनैपनि बैंक तथा वित्तीय संस्थाले लगानीको क्षेत्रलाई प्राथमिकतालाई राख्दा राज्य र उक्त देशको केन्द्रीय बैंकले प्राथमिकतामा राखेको क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्छ । अहिले विभिन्न पत्रपत्रिकाहरुमा बैंक तथा वित्तीय संस्थाहरुले बढि अनुत्पादक क्षेत्रमा लगानी ग¥यो भन्ने समाचारहरु आइरहेका हुन्छन् । तर, ओमले नेपाल राष्ट्र बैंकले प्राथमिकता क्षेत्रमा लगानी होस् भन्ने उद्देश्यले पर्यटनमा लगानी बढाउन पर्यटकीय क्षेत्रहरु जस्तै पोखराको लेकसाइड, तनहुँको बन्दिपुर, मुस्ताङको जोमसोम, मनाङको चामे जस्ता ठाउँमा शाखा खोली लगानीहरु गरिराखेका छौं । कृषि, विपन्न वर्ग तथा अन्य उत्पादन क्षेत्रमा लगानी गर्न आफ्नै लघुबित्त बिभागबाट तथा जर्मनीको केएफडब्लु डेभलपमेन्ट बैंकसंगको सम्झौता अनुसार कर्जा लगानी गरिरहेका छौं । ऊर्जा क्षेत्रमा लगानी गर्न हाइड्रो लगायत अन्य बैंकल्पिक ऊर्जामा समेत लगानी गरिरहेका छौं, भविष्यमा पनि लगानी बढाउँदै लैजानेछौं । हामीले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनभन्दा बढि रकम उत्पादनशील क्षेत्रमा लगानी गरेका छौं । विकास बैंकहरु सामाजप्रति उत्तरदायी हुने भएकाले हामी उत्पादनमूलक कर्जा लगानीमा ध्यान केन्द्रित छौं ।

अन्त्यमा, के भन्नुहुन्छ ?

हाम्रो बैंकको स्लोगान नै योर बैंक योर पार्टनर हो । बैंकलाई यस स्थानसम्म ल्याइपु¥याउन ग्राहक महानुभावहरुले हामीप्रति गर्नुभएको विश्वासले नै हो । ग्राहक सेवा नै हाम्रो मूल मन्त्र हो । हामीलाई गर्नुभएको विश्वासप्रति बैंक परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्दछु । सम्पूर्ण पाठक महानुभावहरुलाई नयाँ वर्ष २०७५ को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

You might also like

Comments are closed.