‘पर्यटन कर्जालाई प्राथमिकतामा राखेका छौं’

दीपेन्द्र शर्मा

क्षेत्रीय प्रवन्धक

एनआइसी एसिया बैंक

निजी क्षेत्रको अग्रणी वित्तीय संस्था एनआइसी एसिया बैंकले पर्यटन क्षेत्रलाई विशेष प्राथमिकतामा राखी लगानी गर्दै आइरहेको छ । विशेष गरी पोखरा पर्यटकीय नगरी भएकाले लगानीका लागि पर्यटन पहिलो रोजाई बन्नु स्वभाविक पनि हो । पर्यटन क्षेत्रको विकास तथा प्रवद्र्धनको लागि बैंकले पर्यटन कर्जाको छुट्टै युनिट नै बनाएको छ । सिए तथा इन्जिनियरलाई नियुक्त गरेर पर्यटन क्षेत्रका वारेमा ग्राहकहरुलाई विभिन्न सल्लाह सुझाव पनि दिदै आइरहेका छौं । कर्जाको पोर्टफोलियो पनि बढाएका छौं । आर्थिक वर्ष २०७३÷७४ को अन्त्यमा ६५ करोड रुपैयाँ रहेकोमा पर्यटन कर्जालाई बढाएर २०७५ कात्तिक मसान्तसम्म ७ अर्ब ६ करोड २५ लाख रुपैयाँ पु¥याउन हामी सफल छौं ।

समय समयमा पर्यटन व्यवसायीसँग अन्तरक्रियात्मक कार्यक्रम पनि गरिरहेका छौं । पोखरा, सैराहा, नारयणगढ, हेटौंडा, लुम्विनी, बुटवल, नेपालगञ्ज, दमक, विर्तामोड, धरान, भेडेटार, लाहान, लालबन्दी लगायतका व्यवसायीसँग बैंकको तर्फबाट छलफल तथा अन्तरक्रिया गरेका छौं । ती कार्यक्रममा पर्यटन कर्जाको बारेमा हामीले जानकारी दिएका छौं । यस कर्जाको व्याजदर कम हुनुका साथै ग्राहकको इच्छा अनुसार तिर्न र समयावधी परिवर्तन गर्न सकिन्छ ।

 

You might also like

Comments are closed.