पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार तिमिल्सिना सम्मानित

पोखरा, २२ भदौ ।

पोखराको पर्यटन प्रर्वधनमा टेवा पु¥याएको भन्दै पत्रकार सागरराज तिमिल्सिनालाई रेवान पोखराले सम्मान गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, रेवान पोखराका अध्यक्ष चौ बहादुर गुरुङले तिमिल्सिनालाई नगद २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

रेस्टुरेन्ट एन्ड बार एसोसियन अफ नेपाल पोखराको २४ औं वार्षिक साधारण सभा तथा १३ औं अधिवेशनको अवसर पारेर पर्यटन प्रबद्र्धनमा योगदान कदर गर्दै उनलाई सम्मान गरिएको हो । पत्रकार तिमिल्सिना बिगत १६ वर्ष देखि पोखराको पत्रकारितामा क्रियाशिल छन् ।

समाधान राष्ट्रिय दैनिकबाट पत्रकारिता सुरु गरेका तिमिल्सिना पोखरा एफएम, विग एफएम, एभिन्युज टेलिभिजनमा काम गरि सकेका छन् । हाल पोखराबाट सेतोपटी डटकमका संवाददाता, गन्थन डटकमका सम्पादक र एपिवान टेलिभिजनका गण्डकी ब्युरो प्रमुख हुन् । यस अगाडी सोही पुरस्कारबाट पत्रकार कृष्णमणि बराल सम्मानीत भईसकेका छन् ।

सोही कार्यक्रममा भर्खरै इन्डोनेसियामा सम्पन्न १८ औं प्याराग्लाइडिङग एसियाडमा रजत पदक हात पार्न सफल खेलाडीलाई पनि सम्मान गरिएको थियो ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...