पर्यटन प्रवद्र्धनको लक्ष्यसहित २१औं पोखरा सडक महोत्सव

पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखराले पोखरामा पर्यटन प्रर्बधन गर्न आयोजना गर्दै आएको सडक महोत्सव पुस दोस्रो साता हुने भएको छ । २१ औं पोखरा सडक महोत्सव पुस १२ गतेदेखि १६ गते (डिसेम्बर २८ देखि जनवरी १ सम्म) सम्म सञ्चाल हुने आयोगक रेबानले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

सडकमै खाऔँ, सडक रमाऔँ’ भन्ने नाराका साथ प्रत्येक अँग्रेजी नयाँ वर्षका अवसरमा महोत्सव गरी आएको र यस वर्ष पनि अझ भव्य रुपमा मनाउने तयारी गरेको रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेबान) पोखरा अध्यक्ष भीमसेन भुजेलले जानकारी दिए । महोत्सवबाट पोखरामा स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सफल भएको उनले बताए । नेपाल कै सबैभन्दा ठुलो महोत्वका रुपमा विकसीत भएको उनको भनाई छ ।

पोखराको फिस्टेल गेटदेखि डिहिकोपाटनसम्मको करिब ३ किलोमिटर खुला सडकमा महोत्सव संचालन हुने रेबान पोखराका प्रथम उपाध्यक्ष एवं महोत्वसका संयोजक लक्ष्मण बरालले जानकारी दिए । खुला सडकमा टेबल कुर्ची निकाली सडकमै खाने, सडकमै साँस्कृतिक तथा विभिन्न कार्यक्रम संचालन हुनेले बताए । महोत्सव संचालन हुने दायाँबाँयाका सडकहरूमा रङरोगन गरेर रङ्गीचङ्गी धोजा टाँगेर सिँगारिने उनले बताए । अँग्रेजी नयाँ वर्षको स्वागतका लागि आयोजना हुने महोत्सवको मुख्यस्थल कोमागाने पार्कमा स्टेज र विभिन्न खाने कुरा, लत्ताकपडा, बाल उद्यान महोत्सवको आकर्षण रहने उनले बताए ।

रेबानका सल्लाहकार गणेशबहादुर भट्टराईले अँग्रेजी नयाँ वर्षमा गरिने पोखरा सडक महोत्सव पोखराको मात्रै नभएर देशकै अर्थतन्त्रमा टेवा पुग्ने बताए । उनले अहिले काठमाडौं र पोखरामा भएको साग खेलकुदले पोखरालाई चिनाउन अझ सहयोगी भएको बताए । उनले सडक महोत्सवमा विदेशी कलाकारलाई स्टेजमा उत्रानका लागि सरकारी सहयोग आवश्यक परेको बताए ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणाको कार्यक्रम पोखराबाट उद्घाटन गर्ने तयारी रहेको रेवान पोखराका पूर्व अध्यक्ष सूर्य भुजेलले जानकारी दिए । उनले महोत्सवका अवसरमा नेपालका विभिन्न कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम हुने बताए ।

सडक महोत्सवमा सातै प्रदेश र पोखरा सेरोफेरोका संस्कृतिहरु सडकमा हेर्न पाइने निवर्तमान अध्यष चौबहादुर गुरुङले जानकारी दिए । उनले संगीतमय वातावरणमा झुम्दै सांस्कृतक कार्यक्रममा रमाउन पाइने बताए ।

महोत्सव सम्पन्न गर्न रेबान पोखराका उपाध्यक्ष लक्ष्मण बरालको संयोजक, कार्यसमिति सदस्य नरेश भट्टराई, वसन्त गौतम सह संयोजकत्वमा २२ सदस्यीय महोत्सव व्यवस्थापन मूलसमिति गठन गरिएको उनले बताए । महोत्सवमाबाट ८५ लाख आम्दानी गर्ने र ७० लाखको खर्च लाग्ने आयोजकको अनुमान छ । महोत्सवको आकर्षणमा भारतीय, पाकिस्तान साँस्कृतिक, नेपालका लोपउन्मुख साँस्कृतिक कार्यक्रमहरु रहनेछन् । ३ कि.मि. क्षेत्रका वाटोमा रहेका स्टेजहरुमा प्रर्दशन गरिनेछ । सडक मै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुद कार्यक्रम, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद वृतचित्त प्रदर्शनी, बालउद्यान, ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लाइभ कन्सर्ट प्रस्तुति राजु लामा, सविन राई, कर्म व्याण्ड, अभए एण्ड स्टिम इन्जस, लाह्रे, माउण्ट ८८४८ को प्रस्तुती रहने आयोजकले जनाएको छ ।

ख्याती प्राप्त राष्ट्रिय कलाकारहरुवाट लोक दोहोरी प्रस्तुति पुरुषोत्तम न्यौपाने, प्रजापति पराजुली, कृष्ण गुरुङ, वद्री पंगेनी, प्रीति आले, राजन गुरुङ, टीका सानु, सरला पाण्डे, राजु परियार, कमला घिमिरे, पशुपति शर्मा, सम्झना भण्डारी, कुमार पुन, पार्वती जिसी, हास्य कलाकारहारु पोखरेली माग्ने बुढा, दिवाकर भण्डारीको समूह, मनोज गजुरेल र पुर्खे बा लगाएका कलाकारले हसाउने रेवान पोखरा सचिब विकास भट्टराईले जानकारी दिए ।

footwear
सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...