‘पर्यटन र व्यवसाय प्रवद्र्धन गर्न सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल’ (अन्तरवार्ता)

दीपक तिमिल्सिना
अध्यक्ष
पोखरा नगर रेष्टुरेन्ट तथा बार एशोसिएसन (सिटी रेवान) पोखरा

पोखरा नगर रेष्टुरेन्ट तथा बार एशोसिएसनको आयोजनामा फागुन १७ गतेदेखि २५ गतेसम्म पोखरामा सातौं सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल हुनेभएको छ । पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजना गरिने महोत्सवको तयारीलाई तिब्र बनाइएको छ । व्यापार तथा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ आयोजित महोत्सवका विविध विषयमा केन्द्रीय रहेर सिटी रेवानका अध्यक्ष दीपक तिमिल्सिनासँग आर्थिक आवाजले गरेको कुराकानीः

सिटी रेवान महोत्सव तथा फुड फेस्टिबल आयोजना गर्नुको उद्देश्य के हो ?
पोखरा पर्यटकीय नगरी हो । पर्यटन प्रवद्र्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरा भित्र्याउनुका साथै फुड फेस्टिबल मार्फत व्यवसायलाई प्रवद्र्धन तथा प्रचार–प्रसार गर्ने हाम्रो लक्ष्य हो । पर्यटन तथा व्यवसाय प्रवद्र्धनका लागि हामीले वर्षेनी महोत्सव आयोजना गर्दै आएका छौं । यसका साथै कला संस्कृतिको जगेर्ना गर्दै देशको आर्थिक विकासमा टेवा पु¥याउने पनि हाम्रो उद्देश्य हो । स्थानीय उत्पादनलाई प्राथमिकता दिएर बजार प्रवद्र्धन गर्न महोत्सव प्रभावकारी बनिरहेको छ । यस पटकको महोत्सव फागुन १७ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

यस पटकको महोत्सवका विशेषताहरु के–के रहन्छन् ?
हामीले महोत्सवमा आम दर्शक तथा उपभोक्तालाई फरक स्वाद तथा मनोरञ्जन प्रदान गर्ने जमर्को गरेका छौं । विगतका महोत्सव भन्दा यस पटकको महोत्सवलाई विशेष आकर्षक र भिन्न बनाउने तयारी भइरहेको छ । महोत्सवमा विभिन्न प्रकारका सय भन्दा बढी स्टल राखिने छ । यस पटक महोत्सव समयमा शिवरात्री समेत परेकाले शिवलिङगको स्तम्भ राखिने भएको छ । हरेक दिन पप कन्सर्ट आयोजना हुनेछ । क्यानसँगको सहकार्यमा सूचना तथा प्रविधिको वृहद मेला पनि हुनेछ । सबै समाज तथा जातजातिको जातीय पोशाक तथा भेषभुषालाई झाँकी सहित महोत्सवमा प्रदर्शनी गरिनेछ ।

महोत्सवका अन्य आकर्षणहरुमा के–के छन् ?
महोत्सवमा व्यावसायिक, कृषिजन्य तथा स्थानीय उत्पादन बिक्री तथा प्रदर्शनी गरिनेछ । महोत्सवमा रेष्टुरेन्ट, हस्पिटल लगायत सेवा क्षेत्र, हस्तकला, व्यावसायिक लगायतका स्टल रहनेछन् । महोत्सवका आकर्षणहरुमा खानाका परिकार, महिला गृहणी नृत्य प्रतियोगिता हुनेछन् । गृहणी प्रतियोगितामा २५ देखि ४० वर्षसम्मका विबाहित महिलाहरुले भाग लिन पाउनेछन् । महोत्सवमा उपभोग्य बस्तु तथा स्थानीय उत्पादनको प्रदर्शनी गरिनेछ । बालउद्यान, ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारको विविध मनोरञ्जनात्मक प्रस्तुति पनि हेर्न पाइनेछ । हास्य कलाकारहरुको बेजोड प्रस्तुतिले दर्शकलाई मनोरञ्जनमा आकर्षित गर्नेछ । ढिडो खाने प्रतियोगिता र रत्यौली प्रतियोगितालाई मेलामा समावेश गरिएको छ ।

महोत्सवको तयारी कस्तो छ ?
महोत्सवको तयारीलाई तिब्र बनाएका छौं । महोत्सव सफल पार्नका लागि गठित विभिन्न उपसमितिहरुले आ–आफ्नो जिम्मेवारी अनुसार काम गरिरहेका छन् । प्रचार–प्रसारलाई पनि तिब्र बनाएका छौं । स्टलहरु बुकिङ भइरहेका छन् ।

You might also like

Comments are closed.