पर्यटन व्यवसायी पौडेल टुरिजम बोर्डको सदस्य नियुक्त

आर्थिक आवाज
पोखरा, ७ फागुन । नेपाल पर्यटन बोर्डको कार्यकारी सदस्यमा पोखराका अग्रज पर्यटन व्यवसायी विप्लव पौडेल नियुक्त भएका छन् ।

पर्यटन संस्कृति तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले पौडेललाई बोर्ड सदस्यमा मनोनयन गरेका हुन् । सोमबार मन्त्रीस्तरीय निर्णयबाट पौडेल बोर्ड सदस्य बनेका हुन् । उनको कार्यकाल ३ वर्षको हुनेछ । पौडेल वाराही हस्पिटालिटी ग्रुपका कार्यकारी निर्देशक हुन् । पौडेलसँगै धादिङकी पर्यटन व्यवसायी पम्फा धमला पनि बोर्ड सदस्यमा नियुक्त भएकी न् ।

You might also like

Comments are closed.